२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो देश बचाउँने शक्ति राष्ट्रवादी मात्र हो: केशवराज श्रेष्ठ

२०७४, १८ कार्तिक शनिबार ०९:२१

 नजिकिदै गरेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनले देशम राजनीति माहोल तताएको छ । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि दलले आ–आफना उम्मेदवार खडा गरि आवश्यक प्रचारप्रसार कार्यमा तीव्रता दिईसकेको अवस्था छ भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनौट गर्न सम्पूर्ण राजनीतिक दल अभ्यस्त रहेका छन् । उम्मेदवारका लागि सिफारिस भएका नेताहरु टिकटको लागि पार्टी कार्यालय र शीर्ष नेताको घरदैलोमा पुग्न र आवश्यक भनसुनमा व्यवस्त छन् । यहि निर्वाचनको पेरीफेरो र राष्ट्रिय राजनीतिक अवस्थाको बारेमा एकिकृतराष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय कोषाध्यक्ष केशवराज श्रेष्ठसँग नन्द बहादुर ऐडीले गरेको कुराकानी: 

अहिलेको राष्ट्रिय राजनीतिलाई कसरी नियाली रहनु भएको छ ? 

अहिलेको राजनीति घटनाक्रम जुन तरिकाले बढिहरहेको छ, यसले कतै सक्रमणकाललाई थप लम्ब्याउँने त हैन् भनेर शंका उब्जिरहेको छ । नेपालमा अहिले जुन तरीकाले बाम गठबन्धन भएको छ, यस्तो विश्व ईतिहासमा कतै पनि भएको छैन् । सत्तामा बस्ने र विपक्षसँग गठबन्धन गरी राष्ट्रिय हित विपरितको कार्य गर्ने चरित्र देखा परेको छ । यस्तो खालको चरित्रले अवश्य पनि  राष्ट्रलाई सकरात्मक दिशामा डो¥याउँदैन् । हाम्रो पार्टी एकिकृत्त राप्रपा राष्ट्रवादीले यहि कुरालाई मध्यनजर गर्दै दुवैतर्फको (वाम र लोकतान्त्रिक गठबन्धन) सँग एकता नगरि राष्ट्रवादी शक्ति चाहिन्छ भनेर राष्ट्रको हितको लागि अडिगका साथ रहेको छ । 

प्रतिनिधी सभा र प्रदेशको निर्वाचन नजिकिदैछ, पहिलो चरणको निर्वाचनको लागि नोमिनेशन समेत भईसकेको छ, गठबन्धन प्रक्रियाले चुनावी नजितामा कस्तो खालको प्रभाव पार्ने आंकलन गर्नु भएको छ ?

वामपन्थी र प्रजातान्त्रिक गठबन्धनको नाममा अहिलेको राष्ट्रिय राजनीति जुन तरीकाले धुव्रिकरण भएको छ, यो अराजक तरीकाले भएको छ । उदाहरणका लागि नयाँ शक्ति नेपालका संयोजक डा.बावुराम भट्टराई पहिला बाम गठबन्धनमा जानुभयो र पछि लोकतान्त्रिक गठबन्धनमा सामेल हुनुभयो । यहि उदाहरणलाई लिने हो भने केहि दिनको लागि मात्र गरिएको हो भन्ने कुरा प्रष्ट्र हुन्छ । अर्को अर्थमा भन्नुपर्दा यो गठबन्धन प्रक्रिया चुनावसम्मको लागि मात्र हो । यो मूल्य, मान्यता र सिद्धान्तमा आधारित राजनीति भन्दा पनि आफनो पद र हैसियत बचाउँने र आफनो स्र्वाथपूर्तीका लागि ठूला दलले जे पनि गर्न तयार हुने खालको राजनीति प्रक्रिया अंगालीरहेका छन् भन्दा अतियूक्ति नहोला । यसरी नेपाली जनतालाई कहिलेसम्म गुम्राहमा राख्ने ? राजनीतिक संक्रमणकालले देशको आर्थिक उन्नती दयनीय अवस्थामा पुगेको छ ।


लाखौ युवाहरु रोजगारीको लागि विदेश जानुपर्ने बाध्यता रहेको छ, देशमा शैक्षिक वेरोजगारहरुको संख्या पनि अतयधिक रुपमा वृद्धि भएको छ । त्यसकारण अबको यो नजिकिदै गरेको निर्वाचन पछि देशमा आर्थिक उन्नतीले तीव्रता लिनुपर्छ भन्ने हाम्रो अवधारणा हो ।  देशमा दीर्घकालीन आर्थिक उन्नती र सम्वृद्धिका लागि नेपाली जनताले हाम्रो पार्टी एकिकृत राप्रपा राष्ट्रवादीलाई सहयोग गर्नुपर्छ । यो देश विस्तारै अतिवादमा जादैँछ । देशलाई अतिवादबाट बचाउँनको लागि राष्ट्रवादीहरु एक हुनु बाहेकको विकल्प छैन् भन्ने मान्यतालाई आत्मासाथ गर्दै आगामी निर्वाचनमा नेपाली जनताले हामीलाई सहयोग गर्ने कुरामा विश्वस्त छौ । 

त्यसो भए अहिलेको गठबन्धन प्रक्रिया काले काले मिलेर खाउँ भन्न खोज्नु भएको हो ?

पक्कै पनि । नेपालमा सेटिङको राजनीति भईरहेको छ । यहाँ त सिद्धान्तलाई कुनै पनि मान्यता दिएको पाईदैन् । राजनीति भनेको राज्य सञ्चालन गर्ने नीति हो । त्यही नीति गलत भयो भने देशको हरेक पक्ष गलत र नकरात्मक दिशातर्फ मोडिन्छ । यहाँ भागभण्डाको राजनीति छ, किनभने एमालेले सरकार चलाउँदा माओवादी पनि सरकारमै थियो र अहिले कांग्रेसको सरकारमा पनि माओवादीको सहभागीता छ । यसैले जनताको आखाँमा छारो हाल्दै आपसमा सेटिङका साथ मिलेर देशलाई कंगाल बनाउँने काम भइरहेको छ । निर्वाचन नजिकीदै छ । निर्वाचन आयोगले आचारसंहिता लागू भयो भन्दाभन्दै पनि शेरबहादुर देउवाले पटकपटक मन्त्री मण्डल विस्तार गर्दै आएका छन् । माओवादीका मन्त्रीहरु विना विभागीय अवस्थामै मन्त्रालयमा बस्दै आएका छन् । यो नियम संसारको कुन देशमा लागू छ ? विश्व ईतिहासमा नभएको राजनीति प्रक्रिया नेपालमा हुदैँ आएको छ । 

राष्ट्रवादीले मात्र देश बचाउँन सक्छन् भन्नुभयो, के छन् राष्ट्रवादीहरुमा फरक खालको त्यस्तो क्षमता ?

राष्ट्रवादीहरु राष्ट्रको लागि मर्न तयार हुन्छन् तर आत्मासम्पर्ण गर्दैनन् । राष्ट्रवादी देश छोडेर भाग्ने खालको हुदैँन् । जनताको हितलाई शिरोपर गर्दै देशको श्रोत, साधनलाई बचाउँने अभियानमा कटिवद्ध हुन्छन् । राष्ट्रिय सम्पतिलाई संरक्षण गर्दै थप श्रोत बढाउँने कार्यमा तल्लीन हुन्छन् । संक्रमणकालमा पनि देशलाई माया गर्ने र बफादार तरिकाले राष्ट्रिय हितको लागि अहोरात्र खट्ने भावना भएको व्यक्तिहरुले स्थापना गरेको पार्टी नै एकिकृत्त राप्रपा राष्ट्रवादी पार्टी हो । हामीले राष्ट्रियताको विषयलाई मान्यता दिएका छौ । राष्ट्र एउँटा भूगोल हो भने राष्ट्रियता त्यो भूगोल भित्रको सम्पूर्ण कुरा भाषा, धर्म, सस्कृति, रितीरीवाज, मूल्य मान्यता लगायतका यावत पक्षहरुसँग जोडिएको हुन्छ ।  यीनै राष्ट्रसँग जोडिएका समग्र पक्षलाई पहिचानका साथ आवश्यक संरक्षण गर्दै राष्ट्रलाई दीगो विकास, सम्वृद्धिका साथ सकरात्मक रुपान्तरमा लिने काम राष्ट्रवादीले मात्रै गर्न सक्छ । 

राप्रपा एउटाबाट तीनवटा टुक्रामा विभाजित भएको छ, के भागभण्डा नमिलेर हो ? यसरी छिन्नभिन्न हुनुको कारण चाहि के हो ? 

तपाईले महत्वपूर्ण कुराको उठान गर्नुभयो । राप्रपामा पद बिना बस्नै नसक्ने जो यस्ता चरित्रका केहि पात्र छन् । पदविना बस्नै नसक्ने चरित्र भएका तीनै पात्रले पार्टीमा आफनो हावी विस्तार गर्दै गए । पार्टीमा नीति भन्दा पनि नेतृत्वलाई प्रमुख मान्ने प्रवृत्तीले गर्दा आज राप्रपा तीन वटा भागमा विभाजन हुन पुगेको हो । अर्को कुरा देशी विदेशीहरुले चलखेल गर्न पुगे र त्यो कुरा हाम्रा साथीहरुले बुझन सकेनन् । पार्टी सञ्चालनको लागि नीति प्रमुख हुन्छ । त्यही नीतिलाई नेतृत्वकर्ताले अंगाल्ने हो र पार्टीलाई अगाडी बढाउँने हो । 

तपाईको पार्टीको मुल ऐजेण्डा चाहि के हो ?

देश, राष्ट्रियताको पक्षधर हुनुपर्छ, हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था कायम हुनुपर्छ । देशलाई धर्मनिरपेक्षता घोषणा गर्दा धर्मको नाममा विभिन्न विदेशीहरुले चलखेल गर्ने मौका पाईरहेका छन् । देशमा अहिलेसम्म राजनीति संक्रमण कायमै छ । यसको मुल कारण राजतन्त्र नभएकोले हो । नेपालमा हिन्दू धर्मको जिवित देवी कुमारीलाई पूज्ने परम्परा हाल सम्म कायम रहेको छ । यसैले देशलाई हिन्दू राष्ट्र र  संवैधानिक राजसंस्था कायम गरिनुपर्छ भन्ने हाम्रो पार्टीको मान्यता हो । 

तपाई काठमाडौंको काँठ क्षेत्रमा बसोबास गर्दै आउँनु भएको छ, काँठ क्षेत्रको राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ?

काठमाडौंको काँठ क्षेत्र त्यसमा पनि क्षेत्र नं ६ को राजनीतिक बारेमा कुरा गर्नुपर्दा मुख्य गरी २ वटा क्षेत्रमा विभाजित छ । क्षेत्र नं ६ मा महानगरको केहि भाग, टोखा नगरपालिका र तारकेश्वर नगरपालिकाको केहि भूभाग समेटिएको छ । महानगर क्षेत्रको जनताको सोचाई र काँठ क्षेत्रका जनताको सोचाईमा केहि फरक छ । यहाँको प्रतिनिधी सभाको निर्वाचनमा कहिल्यै पनि काँठ क्षेत्रको उम्मेदवार हुन सकेको छैन् । जहिले पनि महानगर क्षेत्रकै उम्मेदवारलाई काँठ क्षेत्रका जनताले भोट हाल्नु पर्ने वाध्यता रहेको छ । काँठ क्षेत्र राजधानी भित्रमै भएपनि विकासले तीव्रता पाउँन सकेको छैन् । काँठ क्षेत्रको विकास नहुनुको कारण संसदमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधी काँठको नहुनुले हो । प्रतिनिधी जहिले पनि महानगर क्षेत्र हुने र उ निर्वाचनको समयमा मात्र यो क्षेत्रमा आउँने भएकोले यहाँका जनताको पिरमर्का बुझ्ने कुरै भएन् । 

अन्त्यमा केहि भन्नु छ ?

नजिकिदै गरेको निर्वाचनमा म काठमाडौं जिल्ला क्षेत्र नं ६ मा एकिकृत्त राप्रपा राष्ट्रवादी पार्टीबाट समानुपातिक तर्फ उम्मेदवारका रुपमा खडा भएको छु । सम्पूर्ण नेपाली जनतालाई हाम्रो पार्टीको चार कुनाभित्रको हलो चुनाव चिन्हमा मतदान गरि सहयोग गरिदिन हुन अनुरोध समेत गर्दछु । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते