2026-11-27 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई

2026-11-27

काठमाडौँ | पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिनौँ बितिसक्दा पनि उपत्यकाका सुकुम्वासी बस्तीहरूबाट हटाइएका वास्तविक सुकुम्वासीहरूको दिगो बसोबासको टुङ्गो लाग्न नसक्नु विडम्बनापूर्ण भएको बताएका छन्। वैकल्पिक व्यवस्थाविना नै सरकारले होर्डिङ सेन्टर छाड्न उर्दी जारी गरेपछि उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, ‘स्मरण रहोस्, हाम्रो जस्तो अल्पविकसित देशमा ग्रामीण निर्वाहमुखी अर्थतन्त्र धराशायी भएर वैकल्पिक रोजगारीकानिम्ति शहर पस्न बाध्य श्रमिकहरू नै मुख्य रूपमा शहरमा आवासविहीन अर्थात् सुकुम्वासी बन्दछन् ।’

सुकुम्वासीहरूले शहरमा आवश्यक पर्ने सरसफाइ, घरेलु श्रम, हेरचाह सेवा, ढुवानीलगायत क्षेत्रमा अत्यावश्यक श्रमसेवा प्रदान गरेर अर्थतन्त्रलाई ठूलो योगदान पुर्‍याउने उनको भनाइ छ। ‘खास ऐतिहासिक चरणमा संसारका सबै देश र शहरहरूमा सुकुम्वासी समस्या उत्पन्न भएकै हुन्छ। त्यसलाई आधुनिक राज्यले विधिसम्मत र न्यायसङ्गत ढङ्गले हल गर्नै पर्छ’उनले थपेका छन्, ‘फोहर उठाएर फ्याँकेजस्तो तरिकाले यो आर्थिक–सामाजिक र मानवीय समस्या कहिल्यै हल हुनै सक्दैन।’

सुकुम्वासी समस्यालाई शहरीकरणको क्रममा उत्पन्न हुने अनिवार्य ऐतिहासिक प्रक्रिया मानेर शहरभित्रै गरिबहरूलाई सम्मानजनक आवासको व्यवस्था गरेर दिगो ढङ्गले समस्या हल गर्नु नै संविधान र समावेशी लोकतन्त्रको मर्म भएको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ