2026-11-27 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ

2026-11-27

काठमाडौँ | प्रहरीले काठमाडौँको बौद्धबाट स्रोत नखुलेको रकम सहित एक जना तिब्बतीयन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–३ घर भई बौद्ध बस्ने ४९ वर्षीय टासी लामा छन् । उनको घरमा खानतलासी गर्दा २४ लाख ४८ हजार नेपाली रुपैयाँ भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । प्रहरीले उनको साथबाट चिनियाँ १७ सय ६७ युआन, ११ सय ७ अमेरिकी डलर र २ सय सिंगापुर डलर बरामद गरेको छ ।

आरोपीको साथबाट तिब्बतीयन शरणार्थीको परिचयपत्र पनि फेला परेको एसपी कार्कीले जानकारी दिए । उनले फरक विवरण पेस गरेर दोहोरो नेपाली नागरिकता पनि लिएको भेटिएको छ । बिहीबार पक्राउ परेका उनीमाथि अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । उनले २०५९ र २०६० सालमा साबिक इचङ्गुनारायण गाविस र परिवर्तित नागार्जुन नगरपालिका ठेगाना उल्लेख गरेर उनले दुई वटा नागरिकता लिएको भेटिएको हो । नागरिकताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते