२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले लोकतन्त्र ल्याउन लडे, आज उनैलाई ‘लोकतन्त्र’ भारी भएछ… (अन्तर्वार्ता)

२०७५, ३ माघ बिहीबार ०७:०७

अनिल अधिकारी | माघ ३, काठमाडौँ | लोकतन्त्र प्राप्तिको १२ बर्ष बितीसक्दा त्यतिबेला जन आन्दोलनमा मृत्यु वरण गरेका, घाइते तथा अपाँग भएका र जनआन्दोलनमा सरिक भएकाहरुले जुन व्यावस्था चाहेका थिए, उक्त कुरा आजसम्म पुरा भएको छैन । त्यसो त सरकारले त्यस ऐतिहासिक आन्दोलनमा सहिद बनेकाको परिवारहरु, आन्दोलनमा घाइते भएर आजसम्म अस्पतालमै रहेका र आन्दोलनकै चरणले बनाएको घाइतेहरुको घाउमा अझै मलम लगाउन सकेको छैन । 

१९ दिने जनआन्दोलनमा २६ सहिद भए । गम्भीर रूपले घाइते भएका १ सय ३७ जना अहिले पनि जीवन-मरणको दोसाँधमै छन् । सरकारले जनआन्दोलनमा गम्भीर घाइते भएका १३७ जनालाई जीवनभरी उपचार गर्नुपर्ने सूचीमा राखेको छ । तर व्यावहारमा त्यस्तो छैन । २६ जना सहिदका परिवार अहिले पनि रोइनै रहेका छन् । त्यस्तैको एउटा उदाहरणका रुपमा जनआन्दोलनमा घाइते भएका एक जना पात्रलाई आजको अन्तर्वार्तामा समेटिएको छ ।


गम्भीर रूपले घाइते भएका १ सय ३७ जना घाइतेमध्ये एक हुन् मेघराज आचार्य । उनको नाम राज्यले जीवनभरी नर्स सहितको व्यवस्थामा उपचार गर्नुपर्नेहरुको सुचीमा छन् । तर व्यवहार अर्कै छ, पोखरामा आन्दोलनकै क्रममा छातीमा गोली खाएर पनि बाच्न सफल मेघराजलाई राज्यले उपचारमा आलटाल गरेको छ । उनि भन्छन 'म मात्र होइन, १३७ जना घाइतेकै हालत खराव छ, कोहि मानसिक सन्तुलन गुमाएर बसेका छन् भने कोहि अस्पतालकै बेडमा छन् । म आफैले चार बर्ष अस्पतालको सेतो आकास हेरेर बिताएँ ।'

आन्दोलनमै लागेको गोलीको कारण उनको मुटुको अप्रेशन गर्नुपर्ने छ । बाहिरी रुपमा हेर्दा स्वस्थ जस्तो लाग्ने उनलाई डाक्टरहरुले जुनसुकै बेला हृदयघात हुनसक्ने र ढल्न सक्ने बताएका छन् । नेपालमा उपचार सम्भव नभएपछी उनलाई डाक्टरहरुले भारत गएर उपचार गराउन सल्लाह दिएका छन् तर राज्यले उनको उपचारमा सहयोग गर्नुको सट्टा नानाथरी प्रश्नहरु उठाएर झुलाउने गरेको उनको गुनाशो छ । अस्पतालमा रहँदा 'स्लो पोइजन' दिएर पहिलेनै मार्ने षड्यन्त्र भएको बताउने आचार्य आफ्नो मात्र नभई जनआन्दोलनमा सहिद भएका २६ सहिदका परिवार र गम्भीर रूपले घाइते भएका १ सय ३७ जनाकै सहयोगमा प्रयासरत छन् । उनि यसैसम्बन्धि समन्वय गर्ने एक संस्थाको अध्यक्ष समेत हुन् ।

उनले साझा सबालसंगको अन्तर्वार्तामा भनेका छन् -'म घाइते भएर ढलेपछि ८ रोपनी जग्गा सकिए, त्यहि जग्गा बेच्दै-खादै गरेको भएर बाचेको छु, मेरो बाबु-बाजेको सम्पति भएको कारण मात्र म आजसम्म बाचेको छु, नत्र उहिलै मारिसक्थे होला ।' …  

पुरा अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने