२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: वैदेशिक रोजगारमा गएको व्यक्ति मेडिकल फेल भएर फर्किए के गर्ने ?

९ बैशाख २०७८, बिहीबार १८:२६

वैदेशिक रोजगार ऐनना भएको व्यवस्था अनुसार वैदेशिक रोजगार इजाजत प्राप्त स्वास्थ्य संस्था (मेडिकल) बाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको व्यक्तिले सम्बन्धित देशमा गएर मेडिकल फेल भई वा अयोग्य भई स्वदेश फिर्ता हुनुपरेमा वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च फिर्ता पाउन सकिन्छ । 

यसको लागि खर्च भराई पाउन निवेदन दिनु पर्छ । जसको लागि देहाय बमोजिमका कागजात सहित स्वदेश फिर्ता भएको मितिले पैँतीस दिनभित्र निवेदन दिनु पर्छ ।

निवेदन दिँदा देहाय बमोजिमको कागजात संलग्न गर्नु पर्छ:–

(क) विदेशमा स्वास्थ्य परीक्षण गराएको सक्कल रिपोर्ट वा सोको प्रमाणित प्रतिलिपि,

(ख) स्वास्थ्यका कारणले वैदेशिक रोजगारबाट फर्कनु परेको प्रमाणित गर्ने कागजात,

(ग) आतेजाते हवाई टिकटको प्रतिलिपि र बोर्डिङ पासको निस्सा,

(घ) राहदानी प्रतिलिपि,

(ङ) विशेषज्ञ समितिले माग गरेका अन्य कागजातहरु ।

* विशेषज्ञ समितिले सम्बन्धित स्वास्थ्य संस्था तथा निवेदकसँग आवश्यकता अनुसार थप कागज प्रमाण माग गर्न सक्नेछ ।

* विशेषज्ञ समितिले माग गरेको कागज, प्रमाण निवेदक तथा सम्बन्धित संस्थाले विशेषज्ञ समितिलाई उपलब्ध गराउनु पर्नेछ ।

* यस नियम बमोजिम आते जाते खर्च दावी गर्ने व्यक्तिको त्यस्तो खर्च नलिदै मृत्यु भएमा निजको मृत्यु भएकौ पैँतीस दिनभित्र निजको कानून बमोजिमको हकवालाले फिर्ता पाउन यस नियम बमोजिम निवेदन लिन सक्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला