साउन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनल"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

पाँच मन्त्रीसहित यी हुन् माओवादीका थप चार राज्यमन्त्री

३० श्रावण २०७३, आईतवार ०९:१५

साउन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । उनले माओवादीका पाँच मन्त्रीहरुलाई समेटेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । साथै माओवादी केन्द्रले पाँच मन्त्रीसँग चार राज्यमन्त्री पनि टुंगो लगाएको छ ।

आइतबार माओवादीका जनार्दन शर्मा (प्रभाकर), हितराज पाण्डे, राम कार्की, डिआर पौडेल र अजयशंकर नायक मन्त्रीका रुपमा थपिँदैछन् । प्रभाकरले उर्जा, कार्कीले सञ्चार, पाण्डेले स्थानीय विकास, पौडेलले शिक्षा र नायकले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

त्यस्तै माओवादीले छानेको राज्यमन्त्रीहरुमा श्रीप्रसाद जेवेगु, सत्यनारायण भगत, राधिका तामाङ र धनमाया विक राज्यमन्त्री हुने भएका छन् ।

जबेगुलाई स्थानीय विकास, सत्यनारायण भगतलाई उर्जा, राधिका तामाङलाई कृषि र धनमाया विकलाई शिक्षा राज्यमन्त्रीको जिम्मेवारी दिइने बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार