एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुर"/>
२०८२, २६ चैत्र बिहीबार
काठमाडौँ - KTM

अचम्मको गाउँ, जहाँ छोरी जन्मिसकेपछि आफसेआफ छोरा बन्छन्

२०७३, ३ भाद्र शुक्रबार ०७:४८

एजेन्सी | यो संसारमा एउटा यस्तो गाउँ पनि छ जहाँ छोरीहरु जन्मिएको केही समयपछि आफसेआफ छोरा बन्दछन् । यो कुरा तपाईलाई पत्यार लाग्ने कुरा हैन । तर बास्तबिकता हो यो । 

डोमिनिकन रिपब्लिक भन्ने देशमा रहेको सेलिनास भन्ने गाउँ दुनियाको यस्तो विचित्र गाउँ हो जहाँ छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्ष पछि आफै छोरा बन्छन् । यो कुनै चटकी वा जादुको कुरा भने होइन । छोरी भएर जन्मिएका बच्चाहरु १२ वर्षको हुँदा शारीरिक तथा जैविक रुपबाटै छोरामा परिणत हुन्छन् । महिलाको जस्तो यौनांग लिएर जन्मिएका बच्चाको यौनांगको स्वरुप पनि बदलिएर पुरुषको जस्तै बन्दछ ।

यो कुनै चमत्कार नभई एक किसिमको आनुवंशिक रोगका कारण यस्तो भएको हो । वास्तवमा शिशुहरुमा गर्भमै छँदा यो रोगको सिकार बन्छन । आनुवंशिक विकारका कारण भ्रुणलाई आवश्यक इन्जाइम प्राप्त हुँदैन । जसका कारण बच्चामा पुरुषको सेक्स हर्मोन नगन्य मात्रामा हुन्छ । जसको असर बच्चाको लिंगमा पनि देखिन्छ । बच्चाको लिंग यति छोटो हुन्छ की उनीहरु जन्मिँदा बच्चा छोरा हो की छोरी हो छुट्ट्याउन गाह्रो हुन्छ ।

तर जब बच्चा १२ वर्ष पार गर्दछ उसको सरीरको सुसुप्त यौनांग विकशित हुन थाल्दछ र पहिले स्त्री यौनांग जस्तो आकृति बल्ल पुरुष यौनांग जस्तो बन्दछ । यसरी १२ वर्षपछि मात्र बाबुआमाले आफ्नो बच्चा खासमा छोरा हो वा छोरी हो भन्ने कुरा पत्ता लगाउन सक्दछन् । १२ वर्षसम्म छोरी भनेका बच्चाहरुलाई १२ वर्षपछि एकाएक छोरा भन्नुपर्ने हुन्छ ।

छोरी सोँचेर सानोमा जामा लगाइदिएका बच्चाहरु जब १२ वर्ष पुगेपछि छोरा भएको पत्तो लाग्छ तब लुगा देखि लिएर सबै खाले व्यवहारमा परिवर्तन आउन थाल्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित