१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

८ बैशाख २०७९, बिहीबार ११:२१

 वैशाख ८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठकर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालिन इन्जिनियर पुर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढा, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट रहेका छन् । 

गोदावरी नगरपालिकामा बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडक ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षण गरी पेश गरिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टाचार गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

अनुसन्धानमा उनीहरुले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले बताएको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले ३१ लाख  ३७ हजार ८५३ रुपैयाँ, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले २५ लाख ५२ हजार ८८६ रुपैयाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४० रुपैयाँ, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढाले ४३ लाख १७ हजार ६६६ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४९५ रुपैयाँ, ल्याब टेक्निसियन धन बहादुर विष्टले ५३ लाख ५१ हजार २३४ रुपैयाँ र निर्माण व्यवसायी गणेश विष्टले ५६ लाख ९० हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल