२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोदावरी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

२०७९, ८ बैशाख बिहीबार ११:२१

 वैशाख ८, काठमाडौं | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरुले गैरकानूनी लाभ तथा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठकर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अख्तियारले मुद्दा दायर गरेका अन्यमा गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालिन इन्जिनियर पुर्ण कुँवर, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढा, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालमा कार्यरत ल्याब टेक्निसियन धन बहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट रहेका छन् । 

गोदावरी नगरपालिकामा बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडक ठेक्काहरुमा भुक्तान भएको परिमाणको स्थलगत निरीक्षण गरी पेश गरिएको प्रतिवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टाचार गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

अनुसन्धानमा उनीहरुले गुणस्तरहीन कार्य गराई, नापी किताबमा वास्तविक कार्यभन्दा बढी परिमाण उल्लेख गरी मूल्याङ्कन गरेको, साथै निर्माण व्यवसायीले गुणस्तरहीन कार्य गरी बढी भुक्तानी लिई नेपाल सरकारलाई हानिनोक्सानी पु¥याई भ्रष्टाचार गरेको देखिन आएको अख्तियारले बताएको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले ३१ लाख  ३७ हजार ८५३ रुपैयाँ, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले २५ लाख ५२ हजार ८८६ रुपैयाँ, तत्कालीन इन्जिनियर पूर्ण कुँवरले ५६ लाख ९० हजार ७४० रुपैयाँ, तत्कालीन सब–इन्जिनियर ज्ञानेन्द्र बुढाले ४३ लाख १७ हजार ६६६ रुपैयाँ, तत्कालिन सब–इन्जिनियर नरेन्द्र शाहीले १२ लाख २४ हजार ४९५ रुपैयाँ, ल्याब टेक्निसियन धन बहादुर विष्टले ५३ लाख ५१ हजार २३४ रुपैयाँ र निर्माण व्यवसायी गणेश विष्टले ५६ लाख ९० हजार ७४० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति