४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सामुदायिक अस्पतालले सरकारसँग सहकार्य गर्नुपर्ने

१५ जेष्ठ २०८२, बुधबार १७:४१

काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सामुदायिक अस्पतालले उत्कृष्टता हासिल गर्न सरकारसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले धुलिखेल अस्पताल परिसरमा निर्माण हुने ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’को आज शिलान्यास गर्दै सामुदायिक अस्पताललाई समेट्ने गरी सरकारले नीतिगत विषय परिमार्जन गरेकाले सहकार्य आवश्यक रहेको बताउनुभयो । “भोलि सार्वजनिक हुने बजेटमासमेत सामुदायिक अस्पतालगायत स्वास्थ्य संस्थालाई सहकार्य गर्नेगरी सहभागिता गराइएको छ । सरकारसँगको सहकार्यले स्वास्थ्य क्षेत्रमा उत्कृष्टता हासिल गर्न सकिन्छ”, मन्त्री पौडेलले भन्नुभयो ।

स्वास्थ्य क्षेत्रमा सुधार गर्न सरकारले थुपै्र विषय ल्याएकाले कार्यान्वयन गर्न स्रोतको खोजी भइरहेको उहाँले जानकारी दिनुभयो । “स्रोत जुटाउन सामदायिक क्षेत्र, शुभेच्छुक अन्तरराष्ट्रिय दाता तथा निकायसँग जोड्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । राज्यले स्वास्थ्य क्षेत्रमा आवश्यकताअनुसार लगानी गर्नसक्ने अवस्थालाई सबल बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिँदै बिमा प्रणालीमार्फत विकल्प खोज्नुपर्ने उहाँको भनाइ छ ।

सोही कार्यक्रममा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) का नेपाल प्रमुख मिसुजी मासुजाकीले सन् १९७० देखि जापान–नेपालको मित्रता कायम रहेकाले नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको बताउनुभयो । उहाँले जापान सरकारले बिपी राजमार्ग अन्तर्गत धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक निर्माण गरेको स्मरण गर्दै गतसालको बाढीपहरोले केही खण्ड क्षतिग्रस्त बनाएकामा दुःख व्यक्त गर्नुभयो ।

जापान सरकारले तीन अर्ब ६० करोड २६ लाख यान अनुदान सहयोग गरेको उक्त ट्रमा एण्ड इमर्जेन्सी सेन्टर निर्माणमा जापानले ६० प्रतिशत भवन र सबै प्रकारका मेडिकल उपकरणका लागि ४० प्रतिशत सहयोग गर्ने सम्झौतामा उल्लेख छ । सेन्टरमा पार्किङ, ‘आइसियू’, तीन वटा शल्यक्रिया कक्ष, ‘एचडियू’, प्रयोगशाला, ‘फार्मेसी’, फोहोर व्यवस्थापनलगायत आवश्यक सेवाहरु उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता