३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्यांकीभित्र मृत भेटिएकी दुर्गाको हत्या उनकै दाइले गरेको खुलेको, यसरी परे पक्राउ

२ बैशाख २०८२, मंगलवार १३:४९

काठमाडौँ | ललितपुरको च्यासलमा मृत भेटिएकी ११ वर्षीया बालिका दुर्गा बोहराको हत्या भएको खुलेको छ । दुर्गाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाइ १५ वर्षीय नाबालकलाई पक्राउ गरेको छ । गएको शुक्रबार च्यासलस्थित एक घरको पानी ट्यांकीभित्र दुर्गाको शव भेटिएको थियो । पानीमा सड्ने अवस्थामा पुगेको शवबारे अनुसन्धान गर्दै जाँदा दुर्गाको हत्या उनकै सहोदर दाइले गरेको खुलेको प्रहरी स्रोत बताउँछ । बझाङ स्थायी घर भएको बोहरा परिवार च्यासलको एक घरमा भाडामा बस्दै आएको थियो ।

च्यासलस्थित श्रमिक शान्ति स्कुलमा पढ्दै आएकी दुर्गा चैत ४ गतेदेखि परिवारको सम्पर्कबाट छुटेकी थिइन् । उनका बुवाले चैत ४ गते नै दुर्गा हराएको निवेदन प्रहरी प्रभाग मंगलबजारमा दिएका थिए । प्रहरीका अनुसार, दुर्गाका दाइले घाँटीमा डोरीले कसेर उनको हत्या गरेका थिए । हत्यापछि उनले घरको बाथरुमनजिक बनाइएको पानी ट्यांकीभित्र शव फालेर माथिबाट कपडाले छपेका थिए ।

यसरी भेटिएको थियो शव
चैत ४ गतेदेखि नै हराएकी दुर्गाको शव झन्डै एक महिनापछि मात्रै फेला परेको हो । दुर्गाको हत्या हुनु एक हप्ताअघि मात्रै दुर्गाको परिवार च्यासलबाट अर्को ठाउँ सरेको थियो । दुर्गाको परिवार बस्दै आएको च्यासलको घरमा हेटौँडाका सञ्जय बोगटीको परिवार सर्‍यो । भुइँतलामै रहेको कोठानजिकै थियो, बाथरुम । तर, बाथरुम दुर्गन्धित थियो । सुरुमा सञ्जयको परिवारले फोहोर भएर बाथरुम गन्हाएको ठान्यो । उनीहरू बाथरुम र नजिकै रहेको ट्यांकी सफा गर्न पुगे । तर, ट्यांकी सफा गर्ने बेला ट्यांकीभित्र मानिसको खुट्टाजस्तो देखिएपछि उनीहरू झस्किए । तुरुन्तै घरबेटीलाई खबर गरे ।

घरबेटीले तत्कालै प्रहरीलाई जानकारी गराएपछि प्रहरीले शव निकालेको थियो । शव दुर्गाको भएको खुलेपछि प्रहरीले अनुसन्धान थालेको थियो । शव भेटिएको चार दिनपछि प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त टोलीले दुर्गाको हत्याका आरोपितलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका दाइमाथि प्रहरीले सुरुदेखि नै आशंका गरेको थियो । तर, उनले निरन्तररूपमा हत्या अस्वीकार गरे । तर, उनकै भूमिका थप शंकास्पद लागेपछि प्रहरीले सोधपुछ गर्दा उनले सोमबार हत्या स्वीकार गरेका हुन् ।

प्रहरीका अनुसार, कोठा सरेको दुई दिनपछि लुगा छुट्यो भन्दै पुरानो डेरा पुगेका दाजुबहिनीले लागुऔषधसमेत सेवन गरेको खुलेको छ । सोही विषयमा विवाद हुँदा दाजुले बहिनीको हत्या गरेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीले हत्या उनकै दाइले गरेको स्वीकार गरेको बताए । पक्राउ परेका युवामाथि अनुसन्धान सुरु भएको छ । मंगलबार प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’