२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त

२०८२, १० जेष्ठ शुक्रबार १४:२९

काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य रहेको बताउनुभएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा आज यहाँ आयोजित समावेशी शिक्षाको नीतिगत व्यवस्था र भावी मार्गचित्रसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा उहाँले अपाङ्गता भएकाहरूले अवसर पाउँदा अन्य मानिसभन्दा बढी प्रगति हासिल गर्न सक्ने धारणा राख्नुभयो । उनीहरूको क्षमता अभिवृद्धिका साथै जीवनको सहजताका लागि शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्नेमा सरकारले ध्यान दिइरहेको मन्त्री पन्तको भनाइ थियो ।

उहाँले कार्यक्रममा प्रस्तुत बौद्धिक अपाङ्गताका क्षेत्रका सवाल र समाधान गर्नुपर्ने विषयबारे ध्यान दिएर नीतिगत व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यहाँ राम्रा विषयहरू प्रस्तुत भएका छन् । अपाङ्गताका क्षेत्रमा बनेका नीतिगत व्यवस्था, वस्तुस्थिति र सामाजिक परिवेशअनुसार व्यावहारिक रूपमा कार्यान्वयन गर्न ध्यान दिनुपर्ने आवश्यकता छ”, मन्त्री पन्तले भन्नुभयो,“सरकारका तर्फबाट अपाङ्गता भएका व्यक्तिहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्न हामी सचेत छौँ । समावेशी र अपाङ्गता भएका व्यक्तिहरूलाई सबल र सक्षम बनाउनेमा पनि अब्बल हुन नेपालले प्रयास गरिरहेको छ ।”
राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य गीता अधिकारीले १६औँ पञ्चवर्षीय योजनामा शत्प्रतिशत बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य रहेको उल्लेख गर्दै शिक्षालाई आधार बनाएर मानव पुँजीको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाभित्र पनि लैङ्गिक उत्तरदायी र समावेशी शिक्षालाई जोड दिएर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले समावेशी शिक्षा र विशेष शिक्षाका क्षेत्रमा नेपालको परिवेशअनुसार मार्गचित्र तयार गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विकासको दृष्टिले पछाडि परेका बालबालिकाको आवाज, अपेक्षा र आवश्यकतालाई विश्लेषण गरेर नीतिगत व्यवस्था र व्यावहारिक कार्यान्वयनलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

उपमहानिर्देशक महेन्द्रप्रसाद पराजुलीले नेपालको संविधान जारी भएपछि शिक्षामा सबैको पहुँच, अनिवार्य निशुल्क शिक्षाको नीति सुनिश्चित गरेको भन्दै तीनै तहका सरकारले नतिजामूलक उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले समावेशी शिक्षा नीति २०७३ लाई क्रियाशील बनाइनुपर्नेमा जोड दिनुभयो ।

नेपाल नेत्रहीन सङ्घका अध्यक्ष कलाधर भण्डारीले विशेष शिक्षा परिषद्ले अपाङ्गता भएका व्यक्तिका लागि आधारभूत शिक्षाको सुनिश्चितताका लागि काम गरिरहेको बताउनुभयो । उहाँले समुदायमा आधारित समावेशी शिक्षाका लागि नेपाल सरकारले अवलम्बन गरेअनुसारको शैक्षिक उपलब्धि हासिल गर्नका लागि सबै सरोकार भएकाहरू जिम्मेवारीपूर्वक लाग्नुपर्ने बताउनुभयो । विसं २०८५ वैशाख १ गतेभित्र सबै तहका बालबालिकाले आधारभूत तहको शिक्षा प्राप्त गरेको हुनुपर्ने नीतिगत व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाबाट चलचित्र विधेयक पारित तोकिएको मितिमै निर्वाचन हुन्छः प्रचण्ड बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने