४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने

२६ जेष्ठ २०८२, आईतवार १६:४०

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारीको १३औँ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उहाँले देश, समाज र पार्टीलाई योगदान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

स्वर्गीय अधिकारीजस्ता योद्धाको मेहनत र प्रयासबाट नेपाली कांग्रेस अहिलेको सुदृढ अवस्थासम्म आइपुगेको उपसभापति गुरुङले धारणा राख्नुभयो । उहाँले त्याग, तपस्या र बलिदान गरी मुलुक परिवर्तनमा सक्रिय व्यक्तिलाई राज्य, समाज र पार्टीले न्यायोचित मूल्याङ्कन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले हेमराज अधिकारी राजनीतिक प्रेरणाको स्रोत भएको बताउँदै उहाँको पृष्ठभूमिले आफूलाई राजनीतिमा सक्रिय हुने उत्साह भरेको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले स्वर्गीय अधिकारीले कठिन राजनीतिक यात्रा तय गर्दै जनताको अधिकार र विकासलाई केन्द्रबिन्दु बनाएर लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गर्नुभएको स्मरण गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले बिपी कोइराला, किसुनजी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूको सामिप्यतामा रहेर स्वर्गीय अधिकारीले पार्टीको सङ्गठन र सामाजिक आन्दोलनमा अतुलनीय योगदान पु¥याउनुभएको बताउनुभयो ।

कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा राई, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरीलगायतले प्रजातन्त्र सेनानीका रूपमा अधिकारीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीको सम्मानका लागि पार्टीले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । डा हेमाङ अधिकारीले स्वर्गीय अधिकारीले प्रजातान्त्रिक योद्धाका रूपमा सामाजिक जागरणमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।

नेपाली कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उहाँ कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनुहुन्थ्यो । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो ।

विसं १९८८ मा भोजपुरको दिङ्लामा जन्मनुभएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखन कार्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘आजको नेपाल’ पुस्तक प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’