२०८२, २२ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने

२०८२, २६ जेष्ठ आईतवार १६:४०

काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देश विकासमा योगदान गर्नेलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घ केन्द्रीय समितिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारीको १३औँ दिनको पुन्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उहाँले देश, समाज र पार्टीलाई योगदान गर्ने व्यक्तिलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

स्वर्गीय अधिकारीजस्ता योद्धाको मेहनत र प्रयासबाट नेपाली कांग्रेस अहिलेको सुदृढ अवस्थासम्म आइपुगेको उपसभापति गुरुङले धारणा राख्नुभयो । उहाँले त्याग, तपस्या र बलिदान गरी मुलुक परिवर्तनमा सक्रिय व्यक्तिलाई राज्य, समाज र पार्टीले न्यायोचित मूल्याङ्कन र व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले हेमराज अधिकारी राजनीतिक प्रेरणाको स्रोत भएको बताउँदै उहाँको पृष्ठभूमिले आफूलाई राजनीतिमा सक्रिय हुने उत्साह भरेको उल्लेख गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले स्वर्गीय अधिकारीले कठिन राजनीतिक यात्रा तय गर्दै जनताको अधिकार र विकासलाई केन्द्रबिन्दु बनाएर लोकतान्त्रिक आन्दोलनमा जीवन समर्पण गर्नुभएको स्मरण गर्नुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले बिपी कोइराला, किसुनजी, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालालगायत नेताहरूको सामिप्यतामा रहेर स्वर्गीय अधिकारीले पार्टीको सङ्गठन र सामाजिक आन्दोलनमा अतुलनीय योगदान पु¥याउनुभएको बताउनुभयो ।

कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा राई, नेपाल किसान महासङ्घका अध्यक्ष गणेशचन्द्र तिमल्सिना, नेपाल प्रजातन्त्र सेनानी सङ्घका महामन्त्री गोपाल गिरीलगायतले प्रजातन्त्र सेनानीका रूपमा अधिकारीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

नेपाल प्रजातन्त्र सेनानी सङ्घका अध्यक्ष बालकृष्ण दाहालले प्रजातन्त्र सेनानीको सम्मानका लागि पार्टीले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । डा हेमाङ अधिकारीले स्वर्गीय अधिकारीले प्रजातान्त्रिक योद्धाका रूपमा सामाजिक जागरणमा महत्त्वपूर्ण योगदान दिनुभएको बताउनुभयो ।

नेपाली कांग्रेसको सातौँ महाधिवेशन विसं २०१७ पश्चात् जननायक विश्वेश्वरप्रसाद कोइरालाको सभापतित्वकालमा उहाँ कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य हुनुहुन्थ्यो । अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन र सङ्घर्षका क्रममा जेल जीवनसमेत व्यतित गर्नुभएको थियो । उहाँ कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वमहासचिवसमेत हुनुहुन्थ्यो ।

विसं १९८८ मा भोजपुरको दिङ्लामा जन्मनुभएका अधिकारी विभिन्न सङ्घसंस्थामा आबद्ध रहनुका साथै लेखन कार्यमा सक्रिय हुनुहुन्थ्यो । उहाँको ‘आजको नेपाल’ पुस्तक प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रता म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता रुसी तेल भारतलाई बेच्न अमेरिकाको अस्थायी अनुमति सर्लाहीमा गगन थापा भारी मतले पछाडि जारी मतगणनामा ४१ सिटमा रास्वपाको अग्रता