३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

१७ असार २०८२, मंगलवार १४:१३

काठमाडौँ | कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरूण गोले र १९ वर्षीय राजेन्द्र लामा छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले हरिबहादुर, बद्धिबहादुर, अरूण, राजेन्द्र, सोही ठाउँ बस्ने गोकर्ण पौडेल, मानबहादुर मोक्तान र सोमलाल गोलेको घर तलासी गर्दा ५४ बोरामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित नौ जना पक्राउ

झापाको बिर्तामोड नगरपालिका–३ भगवानचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५६० मिलिग्रामसहित सोही नगरपालिका–३ शिवालय टोल बस्ने २६ वर्षीय वीरबहादुर राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित पञ्चकोशी होटल एण्ड रेष्टुरेण्टबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ दुई किलो ७१४ ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हुम्लाको सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्रबहादुर शाही र २७ वर्षीय सालु शाही छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीसमेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले थप अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न रोल्पाको लुङग्री गाउँपालिका–७ की ३२ वर्षीया पुनम पुन मगरलाई समेत पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–५ कोईलीखर्क बस्ने ४४ वर्षीय अर्जुन तामाङलाई अवैध लागूऔषध गाँजा करिब चार किलो ७०० ग्राम र पोलेन चार किलो ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ