२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताए

२०८२, १४ जेष्ठ मंगलवार १७:५७

काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताएका छन् । परियोजना अघि नबढ्दा स्थानीय जनतालाई पीडा भएको आफूले महसुस गरेको उनले बताए ।

गोरखाको भिमसेन थापा गाउँपालिकास्थित खाञ्चोकमा पालिकाको प्रमुख प्रशासकीय भवन मंगबालर उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । आफू प्रधानमन्त्री हुँदा परियोजनालाई गति दिन पटक-पटक सरोकारवालासँग छलफल गरेको उनले बताए । तर, पनि चाहेजस्तो गरी परियोजना अघि बढ्न नसकेमा प्रचण्डले असन्तोष व्यक्त गरे ।

बुढीगण्डकी परियोजनाका लागि लगानी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पाँच प्रतिशत कर रोकिएमा आफ्नै कार्यकालमा त्यसलाई निरन्तरता दिएर लगानी सुनिश्चितको प्रयास गरेको उनले बताए । बुढीगण्डकी आयोजना बहुआयामिक र राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै उनले यो राष्ट्रको हितमा रहेको बताए ।

देशभर वितरणका दृष्टिकोणलाई गोरखाको बुढीगण्डकी जलविद्युत् परियोजना उपर्युक्त रहेको भन्दै उनले दलहरू र सरोकारवालाबीच सहमति जुटाएर अघि बढाइछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन