३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आन्तरिक पर्यटकहरूका लागि आकर्षक गन्तव्यस्थल बन्दै गुर्जा

७ जेष्ठ २०८२, मंगलवार १७:२२

काठमाडौँ | म्याग्दीको अत्यन्त दुर्गम गाउँ गुर्जा अझैसम्म पनि सडक सञ्जालमा जोडिएको छैन । जिल्लाको धवलागिरि गाउँपालिका वडा नं १ मा पर्ने गुर्जामा सडक सञ्जालको पहुँच नपुगेको भए पनि आन्तरिक पर्यटकको आकर्षणको पहुँच भने पुगेको छ ।

‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखान म्याग्दीमा निकै प्रचलित छ । जिल्लाको अन्तिम गाउँ गुर्जा छन्त्याल जातिको ठूलो बस्ती भएको गाउँ हो । यो गाउँलाई छन्त्याल समुदायको जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल भनेर पनि चिनिन्छ ।

पछिल्लो समय गुर्जा गाउँ आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य स्थल बन्दै गएको छ । लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ । त्यसपछि धेरैका लागि रहस्य बनेको गुर्जा गाउँमा सदरमुकाम बेनी बजारबाट एकैदिनमा जाउआउ गर्न सकिने छ ।

वडाध्यक्ष छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । अब गाउँ पुग्न पाँच किलोमिटर मात्र बाँकी छ । “गुर्जा सडक सञ्जालसँग जोडिएपछि धेरैको गुर्जा पुग्ने सपना पूरा हुनेछ”, वडाध्यक्ष छन्त्यालले भन्नुभयो । लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र गाउँपालिकाले रु दुई÷दुई करोड बजेट विनियोजन गरेर रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता गरेको हो । अहिले पनि धमाधम काम भइरहेको छ ।

समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा गाउँमा २०८२ साल सुरु भएपछि व्यक्तिगत र संस्थागत रूपमा भ्रमण गर्नेको संख्या बढेको छ । सदरमुकाम बेनी बजारका केही संस्था गुर्जा पुगेर विभिन्न किसिमका कार्यक्रम पनि गरेका छन्त्यालले बताउनुभयो । केही दिन अघिमात्र म्याग्दी जेसिजको एक टोली गुर्जा पुगेर फर्केको छ । “गुर्जा गाउँ पर्यापर्यटन र सांस्कृतिक तथा जैविक विविधताका लागि अध्ययन अवलोकन गर्न खुला विश्वविद्यालय जस्तो रहेछ”, जेसी सुमन बानियाँले बताउनुभयो ।

यो गाउँमा जडीबुटी, खानी र पर्यटकीय सम्भावनाका प्रशस्तै खजाना रहेका हालै गुर्जाको भ्रमण गरेर फर्किनुभएका म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । “गुजमुज्ज परेका परम्परागत शैलीका सफा र चिटिक्कका घर, रहरलाग्दो पशुपालन, विषादी र रासायनिक चिजहरूको प्रयोग नगरीकन फलाइने ‘अग्र्यानिक’ उत्पादन, चारैतिर हरिया वनजङ्गल, भीडभाड र कोलाहल मुक्त परिवेश, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्याल समुदाय, गुर्जा साच्चिकै आकर्षक स्थल हो, यो जीवनमा एकपटक पुग्ने पर्ने ठाउँ हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

प्राकृतिक सुन्दरता, जैविक विविधता, सामाजिक मूल्यमान्यता र पर्यावरणीय शुद्धता नै गुर्जाको विशेषता हो । यहाँ वैशाखदेखि जेठको पहिलो सातासम्म व्यक्तिगत, संस्थागत र राजनीतिक भेटघाट वा कार्यक्रमका लागि गरी १०० बढी आन्तरिक पर्यटक पुगिसकेका स्थानीय कमल छन्त्यालले बताउनुभयो ।

गुर्जा गाउँलाई ‘एडभेन्चर ट्रेल हब’का रूपमा विकसित गर्नुपर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले बताउनुभयो । यहाँबाट ढोरपाटन, पुथा र चुरेन हिमालको आधार शिविर हुँदै एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्गसमेत पहिचान गरी प्रयोगमा ल्याउने पहल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’