मोहम्मद ईजहार शेष/साउन २८, नवलपरासी । अन्तराष्ट्रिय  यूवा दिवसको २०१६  अवसर पारेर नवलपरासीमा आज बिभिन्न क्षेत्रबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष/साउन २८, नवलपरासी । अन्तराष्ट्रिय  यूवा दिवसको २०१६  अवसर पारेर नवलपरासीमा आज बिभिन्न क्षेत्रबाट "/>
२७ पुष २०८२, आईतवार
नवलपुर - NWL

नवलपरासीमा युवा दिवस कार्यक्रम भब्य रुपमा मनाईयो

२८ श्रावण २०७३, शुक्रबार १२:४९

मोहम्मद ईजहार शेष/साउन २८, नवलपरासी । अन्तराष्ट्रिय  यूवा दिवसको २०१६  अवसर पारेर नवलपरासीमा आज बिभिन्न क्षेत्रबाट यूवा/यूवतीहरुलाई सम्मान प्रदान गरिएको छ ।

बिभिन्न क्षेत्र मार्फत युवा वर्गलाई प्रेरणा प्रदान गर्न सफल भएको जनाउदै पत्रकारीता, कलाकारीता, गायन, कृर्षक, स्वास्थ्य लगायतका क्षेत्रबाट  यूवा/यूवतीहरुलाई सम्मान प्रदान गरिएको हो । सम्मानीत हुनेहरुमा  पत्रकारीता तर्फ पुरुषोत्तम सुबेदी,  ब्यवसायी तर्फ नवराज पौडेल, कलाकारीता तर्फ  सुरज पौडेल, गायन तर्फ अस्मीता सुन्धली   र कृर्षक तर्फ सुर्य पाण्डे रहेका छन् ।  यसैबिच यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रमा प्रभावकारी योगदान पु¥याएको भन्दै परिवार नियोजन अन्तर्गत साथी शिक्षक प्रकृति अधिकारी र सोनम चौधरी नगद सहित  सोही क्रममा सम्मान गरिएको हो  । 

अन्तराष्ट्रिय यूवा दिवसको २०१६ को अवसरमा पारी आयोजीत  बिशेष समारोहमा  कार्यक्रमका प्रमुख अतिथी उद्योग बाणीज्य संघका अध्यक्ष भिम बहादुर थापा ( भरत )ले सम्मानी हुनेहरुलाई  दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गर्नुभएको थियो  । बिभिन्न क्षेत्रबाट युवा युवती छनौट गरी सम्मानको परम्पराको थालनी गरिनुलाई सकारात्मक रुपमा लिईएको सम्मानीत युवा यवतीहरुले जनाएका छ  । सम्मानीत मध्ये सुबेदी २०६३ सालबाट राष्ट्रिय समाचार समिती  ( रासस )मा आबद्ध हुनुहुन्छ  । सुबेदी नेपाल भारत मैत्री पूर्ण पत्रकार संघको महासचिब समेत हुनुहुन्छ  ।

नवलपरासीको बिभिन्न क्षेत्रबाट आएका युवा युवतीहरु सहभागी  सो कार्यक्रममा  पत्रकार सुबेदीले राष्ट्र निमार्णमा यूवाहरुको भुमिका बिषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो । 

गरिबी उन्मुलनमा यूवा प्रतिबद्धता उत्पादन र उपभोगमा आत्मनिर्भरता भन्ने नाराका साथमा प्रकृति युवा क्लबको अगुवामा आयोजीत युवा दिवस बिशेष समारोहमा प्रस्तुत कार्यपत्र माथी युवाहरुको समस्या र समाधानको उपायबारे छलफल गरिएको थियो । 

क्लबका अध्यक्ष हुसैन अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी युवा ब्यवसायी , समाजसेबी उद्योग बाणीज्य संघका अध्यक्ष थापाले सरकारले  देशका युवा जनशक्तीलाई देशमै पारिचालक गर्ने बातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै थापाले युवा शक्ती देशको मेरुदण्ड भएकोले देशले समयमै युवाहरुको ब्यवस्थापन गर्न नसके देशको बिकास लामोसमयसम्म असम्भब भएकाले यसलाई सरकारले गम्भीरता पुर्वक लिनुपर्ने बिचार राख्नुभयो ।

संस्थाका सचिब मोहम्मद ईजहार शेखको संचालनमा भएको सो कार्यक्रममा परासी स्थित युनिक वेवी केयरको अगुवाईमा बिभिन्न सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो  ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला