२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण

१४ जेष्ठ २०८२, मंगलवार ११:५०
काठमाडौँ । पर्वतको मोदी गाउँपालिकाका दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । गाउँपालिका–४ क्याङ र वडा नं ५ बाजुङ जोड्नका लागि दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो ।
मोदी गाउँपालिकाको रु पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को रु ३५ लाख ४६ हजार १३८ तथा उपभोक्ताको श्रमदान रु ८३ हजार ४३८ गरी कुल रु ४१ लाख ७१ हजार ९२७ को लागतमा पुल निर्माण भएको हो ।
पुलको लम्बाइ ७० मिटर लामो रहेको छ । स्वाप कार्यक्रम नेपालको सहयोगमा बनेको पुल निर्माणका लागि पर्वतको खुर्कोट युवा क्लबले प्राविधिक सहयोग गरेको थियो । छ महिनामै पुल निर्माणसम्पन्न गरेर सोमबारदेखि सञ्चालन गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।
पुल निर्माणपछि बाजुङ र क्याङका बासिन्दालाई आवतजावतमा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चामबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै वडाका हजारौँ बासिन्दाका साथै पर्यटकीय गाउँ लेसपार हुँदै हप्पाल, माटेको लेक, मोहोरेडाँडा, पुनहिल जाने पर्यटकका लागिसमेत सहज भएको छ ।
पुल नुहँदा यहाँका स्थानीयले हिउँदमा अस्थायी फड्के राखेर खोला तर्दै आएका थिए तापनि बर्खायाममा दुवैतर्फका आवतजावत ठप्प बनेको थियो । अब भने बाह्रैमास खोला वारपार गर्न सहज भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
यसैबीच निर्माणसम्पन्न भएको झोलुङ्गे पुलको सोमबार मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले उद्घाटन गर्नुभएको छ । पुल उद्घाटन गर्दै शर्मा खोला वारपार गर्न वर्षौंदेखि समस्या खेप्दै आएका बाजुङ र क्याङका बासिन्दालाई यो पुलले राहत मिलेको बताउनुभयो । सडक मार्गको पहुँच पुग्न नसकेको यहाँका बासिन्दालाई सुविधा पुर्‍याउनका लागि झोलुङ्गे पुल निर्माण गर्न सहयोग गर्न स्वाप कार्यक्रम नेपाललाई धन्यवाद दिँदै नागरिकले असहज महसुस गरेका अन्य खोलानालामा पनि पुल निर्माण कार्यलाई अघि बढाइने उहाँको भनाइ छ ।
पुल निर्माण उपभोक्ता समितिका सचिव तीर्थबहादुर पुनले पुल निर्माणपछि कृषकलाई बर्खायाममा घाँसदाउरा ओसार्न, गाईवस्तुलाई खोला तार्न र यस पदमार्ग हुँदै पर्यटकीयस्थलहरूमा जाने पर्यटकका लागि हिँड्डुलमा सहज भएको बताउनुभयो । उहाँले सडक सुविधाबाट वञ्चित आफ्नो गाउँमा पुलले ठूलो राहत मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव