२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

पेस्तोल र गोलीसहित दुई जना पक्राउ

२०८२, ९ जेष्ठ बिहीबार १७:३९

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी र चितवन जिल्लाका व्यक्ति रहेका छन्।

इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको टोलीले मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको मोटरसाइकल (ना.२८ प १५१९) जाँच गर्ने क्रममा ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा नवलपरासी पूर्व, गैँडाकोट नगरपालिका–१२ हर्कपुर निवासी २५ वर्षीय मिलन ढकाल र चितवनको माडी नगरपालिका–७ गौरीनगर निवासी ३२ वर्षीय विजय तिवारी रहेका छन्।

तिनीहरूको साथबाट ‘मेड इन यूएसए’ लेखिएको एक थान पेस्तोल, एक राउण्ड गोली र एक थान म्याग्जिन बरामद गरिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट