२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड

२०८२, २९ बैशाख सोमबार १७:१३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को निर्वाचनमा पहिलो पार्टी बन्नैपर्ने बताएका छन् । वाईसीएल, नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्धाटन गर्दै प्रचण्डले माओवादी बलियो भए मात्रै जनता बलियो हुने दाबी गरे ।

उनले अघिल्ला निर्वाचनमा कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि भएको समेत बताए । उपनिर्वाचन र स्ववियु निर्वाचनको परिणामले उकालो यात्रा सुरु भएको उनको भनाइ छ । “सायद हामीले कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि गरेछौँ । इमान्दारिताका साथ खुरुखुरु भोट हाल्ने जात पर्‍यौँ, बेइमानी गर्न नजान्ने । जनताका मान्छे पर्‍यौँ, उनीहरू बेइमान,” प्रचण्डले भने, “जब आफ्नो खुट्टामा दृढतापूर्वक उभियौँ । हाम्रो उकालो यात्रा सुरु भयो ।”

प्रचण्डले ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने संकल्प गरेको समेत सुनाए । “एकचोटी फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने संकल्प गरेर समाजवादी क्रान्तिको सुरुआत गरेर मात्रै माथि जाने विचार छ मेरो,” उनले भने ।

उनले वाईसीएललाई भोलिन्टियर सेनाको रूपमा काम गर्ने गरी तयार बन्न निर्देशन दिए । उनले राजावादीहरूको गतिविधि निस्तेज पार्न हर, गाउँ, टोल जानुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति