२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कर्णाली प्रदेश

७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड

२९ बैशाख २०८२, सोमबार १७:१३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८४ को निर्वाचनमा पहिलो पार्टी बन्नैपर्ने बताएका छन् । वाईसीएल, नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्धाटन गर्दै प्रचण्डले माओवादी बलियो भए मात्रै जनता बलियो हुने दाबी गरे ।

उनले अघिल्ला निर्वाचनमा कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि भएको समेत बताए । उपनिर्वाचन र स्ववियु निर्वाचनको परिणामले उकालो यात्रा सुरु भएको उनको भनाइ छ । “सायद हामीले कांग्रेस र एमालेसँग समीकरण गर्दा त्रुटि गरेछौँ । इमान्दारिताका साथ खुरुखुरु भोट हाल्ने जात पर्‍यौँ, बेइमानी गर्न नजान्ने । जनताका मान्छे पर्‍यौँ, उनीहरू बेइमान,” प्रचण्डले भने, “जब आफ्नो खुट्टामा दृढतापूर्वक उभियौँ । हाम्रो उकालो यात्रा सुरु भयो ।”

प्रचण्डले ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने संकल्प गरेको समेत सुनाए । “एकचोटी फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने संकल्प गरेर समाजवादी क्रान्तिको सुरुआत गरेर मात्रै माथि जाने विचार छ मेरो,” उनले भने ।

उनले वाईसीएललाई भोलिन्टियर सेनाको रूपमा काम गर्ने गरी तयार बन्न निर्देशन दिए । उनले राजावादीहरूको गतिविधि निस्तेज पार्न हर, गाउँ, टोल जानुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला