४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ

२९ बैशाख २०८२, सोमबार १२:४५

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रशारण गर्दै मन्त्री गुरुङले खस भाषामा सुरू गरिएको समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गर्नुभयो ।

“हामी लोकतान्त्रिक प्रणालीमा छौँ । जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ । प्रदेशमा सञ्चारका संस्थागत संरचना निर्माण गर्नु त्यसैको हिस्सा हो,” मन्त्री गुरुङले भन्नुभयो, “मातृभाषामा सञ्चार हुनु भनेको नागरिक र राज्यबीचको सम्बन्ध अझ सशक्त हुनु हो, यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ ।”

कर्णाली प्रदेश सुनिने मात्र नभएर जनताले चाहे जसरी विकास विश्वास व्यक्त गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारका सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भएको बताउनुभयो ।

रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) ले जनतालाई केन्द्रित गरेर अघिबढेको उहाँको भनाइ छ । मन्त्री गुरुङले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै उहाँले यसलाई अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनटिभिलाई विश्वसामु पुर्‍याउन यसै वर्षदेखि अङ्ग्रेजी भाषामा प्रशारण गर्ने तयारी गरिएकाले उहाँले जानकारी दिनुभयो । कर्णाली प्रदेशले अघि बढाएको डिजिटल प्रदेशको योजनालाई सङ्घले सहकार्य गरेर सहयोग गर्ने मन्त्री गुरुङले उल्लेख गर्नुभयो । खस भाषाको समाचार सुरुआताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुदृढ गराउनका लागि ऐतिहासिक प्रयास भएको बताउनुभयो ।

सञ्चारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले आगामी दिनमा यस्ता रचनात्मक कार्यलाई अगाडि बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास र समृद्धिका कुरा जनप्रतिनिधि र कर्मचारीको मात्र नभइ सबैको साझा विषय हो भनेर बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कर्णाली विकट मात्र भएको प्रचार भएकाले भन्दै यहाँको सम्भावना र विकासका गतिविधि पनि प्रचार हुन आवश्यक रहेको भन्दै यसमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुयो । उहाँले भन्नुभयो, “हामी कर्णाली बनाउन लागिरहेका छौँ । कर्णालीको विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ ।”

यस्तै, सार्वजनिक सेवा प्रशारण नेपालअन्तर्गत रेडियो नेपाल प्रादेशिक प्रशारण सुर्खेतबाट खस भाषामा समाचार तथा कार्यक्रम सुरू गरिएको छ । प्रत्येक दिन साँझ ५ः०५ देखि ५ः१५ सम्म खस भाषामा समाचार प्रशारण हुनेछ ।

योसँगै रेडियो नेपालबाट २६ भाषामा समाचार प्रशारण हुन थालेको छ । सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले खस भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले खस भाषामा समाचार तथा कार्यक्रम प्रशारण गरिएको जानकारी दिनुभयो । उहाँले नेपाल टेलिभिजनको प्रदेश ब्यूरोले कर्णाली प्रदेश केन्द्रित गरेर समाचार तथा कार्यक्रम उत्पादनममा सहयोग पुग्ने र यस सार्वजनिक सेवा प्रशारण नेपाललाई अझै प्रभावकारी बनाउने तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की