२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बिसनपुर क्षेत्रका गाउँहरु नदी कटानको जोखिममा

२०८२, २७ जेष्ठ सोमबार १२:२३

काठमाडौँ । दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुर क्षेत्रका केही गाउँहरू नदी कटान र डुबानको उच्च जोखिममा परेको छ ।

बिसनपुरको तल्लो क्षेत्र र त्यसभन्दा माथिका अन्य गाउँहरूमा यसअघि नै तटबन्धन निर्माण भइसकेको भए पनि बिसनपुरकै हरितपार्क क्षेत्र, निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालासहित त्रिवेणी बाल केन्द्रका स्थानहरू अहिले नदी कटान र डुबानको उच्च जोखिममा परेको स्थानीय सुकलदेव चौधरी बताउनुहुन्छ ।
त्रियुगा नदी तटबन्धन कार्यालयले बिसनपुर क्षेत्रको हरितपार्कसहितका स्थानहरू बाहेकको नदी तटीय क्षेत्रहरूमा यसअघि नै तटबन्धन निर्माण गरिसकेको तर बीचको गाउँ क्षेत्रमा निर्माण गर्ने भनेर छाडेको र निर्माण नगरेका कारण अहिले वर्षा लाग्नासाथ नदी कटान र डुबानको खतरामा परेको अर्का स्थानीय कुलबहादुर कार्की बताउनुहुन्छ ।
यस विषयमा त्रियुगा नगरपालिका–१२ का वडाअध्यक्ष नवीन राईका अनुसार नगरपालिकामा यस विषयमा आफूले समस्या राखेको र समाधनका लागि तत्काल पहल गर्नेतर्फ नगरपालिकाको ध्यानाकर्षण गराइको वडाअध्यक्ष राईले बताउनुभयो ।
यस विषयमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले भन्नुभयो, “बिसनपुरको हरितकण सहितका केही क्षेत्र र गाउँहरूमा त्रियुगा नदी तटबन्धन कार्यालयले केही काम गर्दै गरेको भए पनि समयमा काम नभइरहेको छ, हामी नगरपालिकाको विपद् व्यवस्थापनको बैठक बसेर यसका लागि तत्काल नियन्त्रणबारे छलफल गरेर कदम अगाडि बढाउनेछौँ ।”
हाल त्रियुगा नदीको पानीको बहाव बढ्दै जान थालेको र यस क्षेत्रमा अहिलेसम्म पनि तटबन्धन निर्माण नभएका कारण गाउँ क्षेत्रमा नदी प्रवेश गरेमा डुबान हुनसक्ने र कटान पनि हुन सक्ने उच्च जोखिम बढेको स्थानीयवासीहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार