३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

बिसनपुर क्षेत्रका गाउँहरु नदी कटानको जोखिममा

२७ जेष्ठ २०८२, सोमबार १२:२३

काठमाडौँ । दिनहुँ वर्षाका कारण त्रियुगा नदीको बहाव बढ्दै गएपछि उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बिसनपुर क्षेत्रका केही गाउँहरू नदी कटान र डुबानको उच्च जोखिममा परेको छ ।

बिसनपुरको तल्लो क्षेत्र र त्यसभन्दा माथिका अन्य गाउँहरूमा यसअघि नै तटबन्धन निर्माण भइसकेको भए पनि बिसनपुरकै हरितपार्क क्षेत्र, निर्माणाधीन अवस्थामा रहेको क्रिकेट रङ्गशालासहित त्रिवेणी बाल केन्द्रका स्थानहरू अहिले नदी कटान र डुबानको उच्च जोखिममा परेको स्थानीय सुकलदेव चौधरी बताउनुहुन्छ ।
त्रियुगा नदी तटबन्धन कार्यालयले बिसनपुर क्षेत्रको हरितपार्कसहितका स्थानहरू बाहेकको नदी तटीय क्षेत्रहरूमा यसअघि नै तटबन्धन निर्माण गरिसकेको तर बीचको गाउँ क्षेत्रमा निर्माण गर्ने भनेर छाडेको र निर्माण नगरेका कारण अहिले वर्षा लाग्नासाथ नदी कटान र डुबानको खतरामा परेको अर्का स्थानीय कुलबहादुर कार्की बताउनुहुन्छ ।
यस विषयमा त्रियुगा नगरपालिका–१२ का वडाअध्यक्ष नवीन राईका अनुसार नगरपालिकामा यस विषयमा आफूले समस्या राखेको र समाधनका लागि तत्काल पहल गर्नेतर्फ नगरपालिकाको ध्यानाकर्षण गराइको वडाअध्यक्ष राईले बताउनुभयो ।
यस विषयमा त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले भन्नुभयो, “बिसनपुरको हरितकण सहितका केही क्षेत्र र गाउँहरूमा त्रियुगा नदी तटबन्धन कार्यालयले केही काम गर्दै गरेको भए पनि समयमा काम नभइरहेको छ, हामी नगरपालिकाको विपद् व्यवस्थापनको बैठक बसेर यसका लागि तत्काल नियन्त्रणबारे छलफल गरेर कदम अगाडि बढाउनेछौँ ।”
हाल त्रियुगा नदीको पानीको बहाव बढ्दै जान थालेको र यस क्षेत्रमा अहिलेसम्म पनि तटबन्धन निर्माण नभएका कारण गाउँ क्षेत्रमा नदी प्रवेश गरेमा डुबान हुनसक्ने र कटान पनि हुन सक्ने उच्च जोखिम बढेको स्थानीयवासीहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ