साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन । 

भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन । 

भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसक"/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

एक वडाका कारण खुल्ला दिसामुक्त बन्न सकेन भोजपुर

१९ श्रावण २०७३, बुधबार ०५:१७

साउन १९, भोजपुर । सन् २०१५ को अन्त्यसम्म खुल्ला दिसामुक्त बनाइने भनिएको भोजपुर जिल्ला एक वडाका कारण समग्र जिल्ला खुल्ला दिसामुक्त बन्न सकिरहेको छैन । 

भोजपुरका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिसामुक्त बनेको दुई महिना बितिसके पनि भोजपुर नगरपालिकाको मुख्य बजार वडा नं ७ खुल्ला दिसामुक्त बन्न नसक्दा भोजपुर खुल्ला दिसामुक्त बन्न नसकेको हो । 

भोजपुर नगरपालिकाअन्तर्गत सदरमुकामको मुख्य बजार पर्ने वडा नं ७ लाई पटक–पटक खुल्ला दिसामुक्त बनाउने प्रयास गरिएपनि अझै सम्भव भने भएको छैन । नगरपालिकाले वडा नंं ७ लाई तीनपटकभन्दा बढी खुल्ला दिसामुक्त घोषणाका लागि समय तोक्दै, सार्दै गरेको छ । पछिल्लो समय नगरपालिकाले भदौ १५ गतेभित्र खुल्ला दिसामुक्त बनाउने नयाँ मिति तय गरेको छ तर सो मितिमा पनि खुल्ला दिसामुक्त बन्न सक्ने अवस्था देखिएको छैन । 

करिब एक हजारभन्दा बढी घरधुरीको बसोबास रहेको वडा नं ७ मा अझै २१० घरभन्दा बढीले चर्पी बनाउन बाँकी नै रहेको भोजपुर नगरपालिकाका कार्यकारी अधिकृत तुलराज थापा मगरले जानकारी दिनुभयो । 

भोजपुर नगरपालिकाका अन्य वडा भने जेठभित्रै खुल्ला दिसामुक्त बनिसकेका छन् । वडा नंं ७ मा पर्ने अधिकांश घरमा चर्पी भएपनि खोल्सा तथा खोलामा मिसाइएका कारण खुल्ला दिसामुक्त बनाइन नसकिएको हो । 

वडा नं ७ मा रहेका घरबाट निकास गरिएको चर्पीको ढल जनसेवा निमावि आसपासको खोल्सा तथा बरबोट बजार आसपासको खोल्सामा मिसाइएको छ । मुख्य बजारको ढल खोला तथा खोल्सामा मिसाइएपछि सदरमुकाम आसपासमा निकै दुर्गन्ध फैलिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक