२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

घर बनाउन पैसा सहयोग गर्नेकै हत्या

१९ असार २०७९, आईतवार १३:३०

असार १९, झापा | झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो ।

उनको हत्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र  उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ । जानुकालाई श्रीमान‍्कै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको थियो । उनको ९ असारमा हत्या भएको प्रहरीले जनाएको छ । १२ असारमा ह्युम पाइपभित्र बोरामा उनको शव भेटिएको थियो ।

उनको हत्याका लागि थापा दम्पतीले सुनसरी बराहा क्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । तीन अभियुक्तलाई पक्राउ गरेर आइतबार प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । 

मृत व्यक्तिले घर बनाउनका लागि जानुकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच २०७६ मंसिरदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । काम गर्न दिल्ली पुगेकी उनलाई अप्ठेरो परेपछि पानीट्यांकीसम्म ल्याइदिएका थिए । त्यसयता निरन्तर सम्पर्क रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । 

मृत नरेशकुमार ४ वैशाख २०७९ मा विराटनगरबाट अवैध ५९ हजार भारुसहित पक्राउ परेका थिए । प्रहरीले राजश्व कार्यालय इटहरीमा तारेख धाइरहेका थिए । तारेखका क्रममा उनी जेठमा जानुकाको घरमा बसेका थिए । त्यो क्रममा जानुकामाथि दुर्व्यवहार भएको श्रीमान‍्ले देखेका थिए । त्यहीक्रममा उनको हत्या योजना बनेको एसपी पोखरेलले जानकारी दिए ।

उनी पछिल्लो समय ७ असारमा जानुकाको घरमा आएका थिए । त्यही क्रममा परियार र एक फरार अभियुक्तलाई पाँच लाखको सुपारी दिएको प्रहरीले जनाएको छ । पूर्वसहतिअनुसार जानुकाले परियारलाई दुई र फरार व्यक्तिलाई एक लाख रुपैयाँ पनि दिइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकार रजकका परिवारलाई भेटेर देउवाले दोषीलाई सरकारले छाड्दैन भने नेपाली सेनाले चैत २८ गतेदेखि ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना शिक्षकहरुको शान्तिपूर्ण आन्दोलन जारी सात समूहलाई सगरमाथा आरोहणको अनुमति सानिमा बैंकले ग्राहकहरूले भारतको एपोलो अस्पतालमा विशेष छुट पाउने नेपाल शिक्षक महासंघले शैक्षिक हड्ताल भोलिदेखि गर्ने देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकरले ध्यान दिनुपर्छः रामचन्द्र पौडेल यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपालले टस हार्यो रामनवमी पर्वका अवसरमा आज देशभरका राम मन्दिरमा भक्तजनको भीड आइतबार सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ? नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री