२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

घर बनाउन पैसा सहयोग गर्नेकै हत्या

२०७९, १९ असार आईतवार १३:३०

असार १९, झापा | झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो ।

उनको हत्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र  उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ । जानुकालाई श्रीमान‍्कै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको थियो । उनको ९ असारमा हत्या भएको प्रहरीले जनाएको छ । १२ असारमा ह्युम पाइपभित्र बोरामा उनको शव भेटिएको थियो ।

उनको हत्याका लागि थापा दम्पतीले सुनसरी बराहा क्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । तीन अभियुक्तलाई पक्राउ गरेर आइतबार प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । 

मृत व्यक्तिले घर बनाउनका लागि जानुकालाई पाँच लाख रुपैयाँ सहयोग गरेको प्रहरीले जनाएको छ । उनीहरूबीच २०७६ मंसिरदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ । काम गर्न दिल्ली पुगेकी उनलाई अप्ठेरो परेपछि पानीट्यांकीसम्म ल्याइदिएका थिए । त्यसयता निरन्तर सम्पर्क रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । 

मृत नरेशकुमार ४ वैशाख २०७९ मा विराटनगरबाट अवैध ५९ हजार भारुसहित पक्राउ परेका थिए । प्रहरीले राजश्व कार्यालय इटहरीमा तारेख धाइरहेका थिए । तारेखका क्रममा उनी जेठमा जानुकाको घरमा बसेका थिए । त्यो क्रममा जानुकामाथि दुर्व्यवहार भएको श्रीमान‍्ले देखेका थिए । त्यहीक्रममा उनको हत्या योजना बनेको एसपी पोखरेलले जानकारी दिए ।

उनी पछिल्लो समय ७ असारमा जानुकाको घरमा आएका थिए । त्यही क्रममा परियार र एक फरार अभियुक्तलाई पाँच लाखको सुपारी दिएको प्रहरीले जनाएको छ । पूर्वसहतिअनुसार जानुकाले परियारलाई दुई र फरार व्यक्तिलाई एक लाख रुपैयाँ पनि दिइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा