१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

‘सञ्चारकर्मी सहकारी’द्वारा चार पत्रकार सम्मानित

२७ असार २०८२, शुक्रबार १५:५२
काठमाडौँ । ‘सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगर’ले  आफ्नो १४औँ स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ चार सञ्चारकर्मीलाई सम्मानित गरेको छ ।
संस्थाले रु १० हजार राशिको मीनादेवी श्रेष्ठ (रासस) महिला प्रोत्साहन पुरस्कार निशा दाहाललाई, रु २१ हजार राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार अनिल श्रेष्ठलाई, रु ५१ हजार राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकार पुरस्कार बन्धु पोखरेललाई तथा रु ५१ हजार राशिको तारेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान पुरस्कार सुभाष ढकाललाई प्रदान गरेको छ ।
उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईले पुरस्कृतहरुलाई  सम्मान गर्दै राष्ट्रको चौथो अङ्गका रुपमा रहेको सञ्चार क्षेत्रले सत्यतथ्यका आधारमा कलम  चलाउनुपर्नेमा जोड दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पत्रकारिता क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सञ्चारकर्मी सम्मानित हुनुभएकामा बधाई दिनुभयो । मुख्यमन्त्री कार्यालयका सचिव एकदेव अधिकारी, सहकारीका अध्यक्ष दीपक दाहाल, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका महासचिव हेमा चेम्जोङ, सङ्घका मोरङ अध्यक्ष सुशिला पाठक तथा सम्मानित व्यक्तित्व सुभाष ढकालले सञ्चारकर्मीहरुलाई आफ्नो क्षेत्रमा मर्यादित भएर काम गर्न सुझाव दिनुभयो । विसं २०६९ मा स्थापित उक्त सहकारीमा १२१ सञ्चारकर्मी आबद्ध हुनुहुन्छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण