१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ

३२ असार २०७९, शनिबार १३:०८

असार ३२, मोरङ | विराटनगरमा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विभिन्न स्वास्थ्य संस्थामा पार्किङमा राखिएका मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले विराटनगरका २२ वर्षीय नवीन माझी, सुनसरी दुहबीका १८ वर्षीय मोहम्मद सलाउद्दिन, २५ वर्षीय मोहम्मद हजरत र ३४ वर्षीय मोहम्मद नसुरुद्दिनलाई पक्राउ गरिएको हो |

महानगरपालिका–४ स्थित सामुदायिक मेडिकल, नोबेल शिक्षण अस्पतालको कम्पाउन्डभित्र पार्किङ गरिएको मोटरसाइकल चोरी गरेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरूको साथबाट नम्बर नखुलेको एउटा १ सय ५० सिसीको मोटरसाइकलसँगै, को ६ प ६८०२ र प्र १–०१०–१३ प ४५०७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको हो ।

पक्राउ परेका चार जनाविरुद्ध मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा ५ दिने म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार