१२ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा एकैदिन दुईजना महिलामाथि सामूहिक बलात्कार

१८ भाद्र २०७९, शनिबार ०९:५४

भदौ १८, विराटनगर | मोरङको फरक फरक  स्थानमा युवती र महिलामाथि सामूहिक बलात्कार भएको छ । विराटनगर महानगरपालिका र जहदा गाउँपालिकामा एकैरात घटना भएको प्रहरीले जनाएको छ। 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठकाअनुसार विराटनगर महानगरपालिका–१४ जतुवाको महतो टोलस्थित नहरमा १८ वर्षीया युवतीमाथि ५ जनाको समूहले सामूहिक बलात्कार गरे थिए |

युवती चिनजानकै एक जना युवासँग गफ गरेर बसिरहेकी थिइन्। त्यही बेला मादक पदार्थ सेवन गरेर आइपुगेको पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएको थियो। 

नियन्त्रणमा लिएर उनीहरूमाथि लाट्ठी, भाटा र मुक्का प्रहार गरिएको प्रहरीले जनाएको छ। उक्त समूहको नियन्त्रणबाट युवा फुत्किएर भाग्न सफल भए। तर त्यही समूहले युवतीलाई भने आफ्नो कब्जामा लिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार फुत्किएर भागेका युवाले गाउँमा गएर होहल्ला गर्न थालेपछि स्थानीय भेला भए। स्थानीय भेला हुन थालेपछि युवतीलाई छाडेर बलात्कारमा संलग्नहरू फरार भएका थिए। 

घटनामा संलग्न रहेकामध्ये एक जनालाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए। उनका अनुसार विराटनगर–१४ का २९ वर्षीय सन्तोष मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। घटनामा संलग्न अन्य ४ जना युवा फरार छन् | फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, मोरङको जहदा गाउँपालिका–७ मा २ जना युवाले महिलामाथि सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ | घरमा सुतिरहेकी अन्दाजी ३५ वर्षीया महिलालाई चिनजानकै दुई युवाले काम छ भन्दै बोलाएर घर नजिकै खेतमा लगेर सामूहिक बलात्कार गरेको डीएसपी श्रेष्ठले बताए। 

घरमा फर्किएर महिलाले आफ्ना पतिलाई सुनाएपछि घटना सार्वजनिक भएको हो। घटनाका बारेमा प्रहरीमा शुक्रबार दिउँसो १ बजेतिर मात्रै जानकारी आएको प्रहरीले जनाएको छ।

घटना सार्वजनिक हुनेवित्तिकै बलात्कारमा संलग्न जहदा–७ का २४ वर्षीय राहुल साह र २८ वर्षीय सञ्जय सोरेनलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए।

प्रहरीका अनुसार भारततिर भाग्न खोज्दै गर्दा दुवै जनालाई पक्राउ गर्न सफल भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लोसपा र जनमतद्वारा आतङ्कवादी आक्रमणको भत्सर्ना शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता केन्यामा महिलामाथि बढ्दो हिंसा : न्याय प्रणालीमाथि प्रश्न उठ्दै काश्मीर आक्रमणपछि भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन आग्रह प्रतिनिधिसभा बैठक सुरुः वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै भुजी र दरमखोला पुल निर्माणमा लापरबाही ‘दर्शकको गोपनीयताप्रति सजग हुनुपर्छ’ लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण लोकतन्त्रको ऐना हो संसद् सिन्धुपाल्चोकको फुल्पिङ्कोट केन्द्रबिन्दु भएर भूकम्प सगरमाथा संवादमा सहभागी विश्वव्यापी नेतृत्वलाई आग्रह नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्घको अध्यक्षमा कर्माचार्य प्रधानमन्त्रीसँग एनआरएनए अष्ट्रेलियाका अध्यक्ष पोख्रेलको भेटघाट मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे बारपाकीले बिर्सन नसकेका भूकम्प पूर्वप्रमुख सूचना आयुक्त गुरुङको संयोजकत्वमा सूचना आयुक्त समाज गठन प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक मोटरसाइकलको ठक्करबाट एकको मृत्यु