३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारले थामे बस्तीको पुनःनिर्माण गर्ने

९ बैशाख २०८२, मंगलवार १६:५८

काठमाडौँ | सरकारले जलवायु परिवर्तनजन्य विपद्बाट प्रभावित सगरमाथा क्षेत्रको थामे बस्तीको पुनःनिर्माण अघि बढाउने जनाएको छ । आज खुम्बु गाउँपालिका–५ थामेमा ‘साथसाथै’ नामक संस्थाले आयोजना गरेको आरोही सम्मेलनमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले थामेको पुनःनिर्माणलाई सरकारले अपनत्व लिएको बताउनुभयो ।

अन्तरराष्ट्रिय पृथ्वी दिवसका अवसर पारेर आयोजित आरोही सम्मेलनमा मन्त्री शाहीले बाढीका कारण भत्किएको थामे बस्तीको अवस्थाबारे गहिरो चिन्ता व्यक्त गर्दै तत्कालीन पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणमा सरकारले स्पष्ट रणनीतिसहित कार्ययोजना अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “हिमताल फुटेर आएको बाढीले थामेमा विनाश निम्त्याएको छ । यो केवल स्थानीय प्राकृतिक घटना होइन, यो वैश्विक जलवायु परिवर्तनको असर हो । नेपालले कुनै गल्ती नगरे पनि जलवायु सङ्कटको सजाय भोगिरहेको छ ।” मन्त्री शाहीका अनुसार यस्तो संवेदनशीलतालाई ध्यानमा राखी जलवायु न्यायको अन्तरराष्ट्रिय बहसमा नेपालले थप कडा आवाज उठाउनुपर्ने आवश्यकता छ । “अब जलवायु सङ्कटबारे केवल बहस होइन, कार्यान्वयनमुखी दृष्टिकोण आवश्यक छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा रक्षा मन्त्री मानवीर राई, पर्यावरण तथा पर्वतारोहण क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, आरोही, वातावरणविद्, सञ्चारकर्मी र स्थानीय बासिन्दाको उपस्थिति छ ।

गतवर्षको भदौमा थामेमा हिमताल फुटेर आएको बाढीले थामेका दर्जनौँ घरसँगै खेतीयोग्य जमिन, पुल, पदमार्ग, बिजुली लाइन, खानेपानी योजना र धार्मिक संरचनामा समेत क्षति पु-याएको थियो । विस्थापित परिवार हाल अस्थायी टहरा र छिमेकीका घरहरूमा शरण लिएर बसेका छन् । सात महिना बितिसक्दा पनि पुनःनिर्माण अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ