३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

मतदानका दिन प्रहरी चलाएको गोली लागि ज्यान गुमाएका किशोरको शव अझै उठेन

३१ बैशाख २०७९, शनिबार १५:४०

वैशाख ३१, उदयपुर | उदयपुरको कटारी नगरपालिका :- १० सोरुङछबिसेस्थित जनता कालिका माध्यामिक विद्यालयमा मतपेटीका सुरक्षार्थ खटिएका प्रहरीले चलाएको गोलीबाट मृत्यु भएपछि उत्पन्न तनाबमा ५ बुँदे सहमति भएको छ । कटारी नगरपलिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको राजनीतिक दल, उम्मेदवार तथा जिल्लास्थित सुरक्षा समितिसँग भएको सर्वदलीय बैठकले ५ बुँदे सहमति गरेको हो ।

मतदान सकिएर मतपेटी सिलबन्दी गर्ने क्रममा मतदाताहरुबीच सामान्य बिवाद हुँदा सुरक्षार्थ खटिएको प्रहरीले गोली चलाउँदा कटारी नगरपालिका– १० सोरुङछबिसेका १९ वर्षीय नवीन भन्ने बीरबहादुर कटुवालको घटनास्थलमा नै ज्यान गएको थियो। प्रहरीको गोलीले घरमा बसि रहेका  १४ वर्षीय बालक मोहनबहादुर श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको हेलिकोप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको छ । उनको घुँडामा गोली लागेको छ । मृतक किशोरको भने छातीमा गोली लागेको छ । मतदान सकिएपछि त्यहाँ पुगेका प्रहरी निरीक्षकको कमाण्डमा रहेको मोवाईल गस्तीले  गोली चलाएको हो । 

प्रहरीले अनावश्यक रुपमा मतदान सकिएपछि अन्तिम समयमा गोली चलेको दलहरुले आरोप लगाएका छन् । मृतक कटुवाल कटारी नगरपालिका– १० सोरुङछबिसेका नेकपा विप्लव समूहका स्वतन्त्र वडाध्यक्षका उम्मेदवार गौरबहादुर कटुवालको भतिज हुन् । घटनास्थलमा अहिले ४ सय भन्दा बढी स्थानीयबासीले घेराऊ गरेर नाराबाजी गरि रहेको स्थानीयबासी झनकबहादुर राईले जानकारी दिए ।

प्रहरीले एक्कासी गोली चलाएको स्थानीयबासीको आरोप रहेको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एसएलआरबाट ४ राउण्ड र थ्रिनटथ्रि राईफलबाट ४ राउण्ड गरि ८ राउण्ड गोली चलाउनु परेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले मतपेटीका सुरक्षा गरि राखेका छन् भने स्थानीयबासीले मतदान गराउने कर्मचारी सुरक्षाकर्मी र मतपेटीकालाई २४ घण्टादेखि घेरेका छन् । 

कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको सुरक्षा समिति र सर्वदलीय बैठकले घटनाको बारेमा उच्च स्तरीय छानबिन आयोग गठन गरि दोषीलाई निलम्बनका लागि गृह मन्त्रालयमा लेखि पठाउने, मृतकलाई उचित क्षतिपूर्ति र शहिद घोषणाका लागि लेखि पठाउने, घटनाका घाइते मोहनबहादुर श्रेष्ठ लगायतको उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउन माग गर्ने, निर्बाचनको बाँकी काम निर्बाचन अधिकृतले अघि बढाउने र निर्णय कार्यान्वयनको पहल प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादबले गर्ने निर्णय गरेको छ ।

 त्यसैगरी घटनाको बारेमा नेकपा एमाले उदयपुरले राज्यसत्ताको चरम दुरुपयोग भएको आरोप लगाएको छ । एमाले अध्यक्ष परमेश्वर घिमिरेले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सामान्य विवाद समाधान गर्नुको साटो राज्यशक्तिको दुरुपयोग गरी सामान्य नागरिक माथि गोली प्रहार गर्नु निन्दनीय भएको बताएका छन् ।

विज्ञप्तिमा सरकारद्वारा परिचालित प्रशासनले निर्दोष मतदातालाई छातिमा गोली हानेर हत्या गर्नुले कानुनी राज्यलाई नै धज्जी उडाएको बताइएको छ । एमालेले घटनाको यर्थात जनता सामु ल्याउन र मृतक परिवारलाई व्यवस्थापन गर्दै क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । विज्ञप्तिमा घाइतेको स्वास्थ्य उपचार खर्च व्यहोर्न, क्षतिपूर्ति उपलब्ध गराउन र गोली हान्ने मतियारलाई अबिलम्ब कानुनी कारबाही गर्न समेत माग गरिएको छ । 

सामाजिक दल संसदीय ब्यवस्थामा दलालले राज्यसत्ताको चरम दुरुपयोग गरि निर्दोष नागरिकको हत्या गरेकोमा घोर भत्सर्ना गर्दै घटनाको छानबिन गरि दोषीलाई कडा कारबाही गर पिडितलाई क्षतिपूर्ति दिन माग गर्दै नेकपा विप्लवका जिल्ला सेक्रेटरी लक्ष्मण पौडेल, ईन्चार्ज बिबेक कुमालले प्रेस बिज्ञप्ती जारी गरेको छ । स्थितिलाई नियन्त्रणमा लिन मतदानस्थल सुरक्षार्थ खटिएका नेपाल प्रहरीको टोलीले गोली फायर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवासचन्द्र बोहोराले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड