३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त

१६ जेष्ठ २०७९, सोमबार ०६:१९

जेठ १६, उदयपुर | सरकारले  विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका जिल्ला कागागार शाखा उदयपुरका सात जनालाई गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।

जिल्ला कारागार शाखा उदयपुरका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका सात जनाको बाँकी सजाय मिनाहा गरिएपछि उनीहरू रिहा भएका हुन ।


गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलनअनुसार उनीहरूको बाँकी सजाय मिनाहा भएको कारागार प्रमुख (जेलर) कामु शाखा अधिकृत डिगमबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सजाय मिनाहा पाउनेमा कर्तव्य ज्यानका दुई पुरुष, सवारी ज्यानका दुई, सवारी ज्यान र अंगभंगकाे दाेषीमा जेल परेका एक तथा चोरी र ज्यान मार्ने उद्योगमा कसुर ठहरिएका एक एक जना रहेको जनाएका छन ।

साविक भलायडाँडा गाविस– ९ अहिले उदयपुरगढी गाउँपालिका– ७ का देवेन्द्र भन्ने ४५ वर्षीय देवबहादुर अधिकारी, साविक लेखगाउँ गाविस- ४ भई हाल ताप्ली गाउँपालिका–२ का रमेश भन्ने ४६ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।  सवारी ज्यान आरोपका कैदी सिराहा लहान नगरपालिका– ५ लाहान स्थायी बसोबास गर्ने २१ वर्षीय विनोद गुप्ता र सवारी ज्यानकै कैदी खोटाङ जन्तेढुंगा गाउँपालिका- ४ का २३ वर्षीय दिनेश थापा  छन्  । सवारी ज्यान र अंगभंगको आरोपमा कैदी  साविक ताम्लिछा गाविस अहिले लिम्चुङबुङ गाउँपालिका–२ का ३० वर्षीय सन्तोषकुमार खत्रीको बाँकी सजाय मिनाहा भएका हुन् ।

चोरी अभियोगका कैदी त्रियुगा नगरपालिका- ११ गाईघाटका २६ वर्षीय सञ्जयकुमार चौधरी र ज्यान मार्ने उद्योगका कैदी रौतामाई गाउँपालिका– ७ का नविन भन्ने खम्बसिंह परियारले बाँकी सजाय छुट पाएको छ । उनीहरूलाई गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रानुसार कारागार मुक्त गरिएको जेलर कार्कीले बताए । प्राप्त पत्रानुसार बाँकी सजाय छुट पाएका सातै कैदीलाई गणतन्त्र दिवसका दिन कारागार मुक्त गरेर बिदाइ गरिएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट