२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य

२०८२, २६ बैशाख शुक्रबार १७:३३

काठमाडौँ | लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण सम्पदा र स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मुख्यमन्त्री आचार्यले पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को आज उद्घाटन गर्नुहुँदै आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताउनुभयो ।

‘घुम्न जाऔँ बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ जस्ता कार्यक्रम यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पार्नुभयो । उहाँले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको जानकारी दिनुभयो ।

यसैगरी, मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै समाजमा बढ्दो अराजकताको अन्त्यका लागि असल संस्कार, संस्कृति र मूल्य–मान्यताहरूको जगेर्ना गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

“मुलुकमा अराजकता छाइरहेको छ । अराजकता छाउनुको पछाडिको एउटा कारण भनेको हामीले धर्म, नैतिकता र संस्कृति भुल्यौँ । यिनै कारणले आजका युवाहरू अराजकतातिर धकेलिएका छन्,” मुख्यमन्त्री आचार्यले भन्नुभयो, “हामीले धर्म र संस्कृतिको संरक्षण गर्न जरुरी छ । त्यसैलाई आत्मसात् गरी प्रदेश सरकारले यी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अगाडि बढाएको हो ।”

मुख्यमन्त्री आचार्यले ऐतिहासिक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धनबाट समृद्धिको यात्रा तय गर्न सकिने धारणा राख्नुभयो । लुम्बिनी प्रदेश तपोभूमि भएको उल्लेख गर्दै उहाँले प्रदेशअन्तर्गतका जिल्लाका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व दर्शाउँदै रुरुक्षेत्रको शालग्रामलाई विश्वजगत्मा पुर्‍याउन सकिने र धार्मिक पर्यटकहरू भित्र्याउन सक्ने आधार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पाणिनि ऋषिको जन्मस्थलसहित संस्कृत व्याकरण लेखनस्थान पाणिनि तपोभूमिलगायत प्रदेशभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई एकापसमा जोड्ने गरी बृहत् योजना अघि बढाएको जानकारी दिनुभयो ।

नेपालका चार प्रमुख धार्मिक धामहरूमध्येको रुरुक्षेत्रमा ‘शालग्राम दिवस’ का अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देही र तानसेन नगरपालिकाको सहकार्य तथा ऋषिकेश मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा महोत्सव आयोजना गरिएको हो ।

ऐतिहासिक, धार्मिक तथा प्राकृतिक रूपमा महत्वपूर्ण रुरुक्षेत्रमा आयोजना गरिएको महोत्सवबाट स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारसहित पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । विविध धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने कार्यक्रमहरू समावेश गरिएको सो महोत्सव दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त