३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीको मालारानीमा कृषकलाई बाख्रा वितरण

२८ जेष्ठ २०८२, मंगलवार १६:३५
काठमाडौं ।  मालारानी गाउँपालिकामा आयआर्जन वृद्धि गर्न कृषकलाई बाख्रा वितरण गरिएको छ ।
‘भोकलाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउँ’ भन्ने मूल नाराका साथ मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत आर्थिक समृद्धिका लागि वडा नं ६ मा पहिलो र दोस्रो परियोजनामा गठन भएका मूल तथा उपहार समूहमा उपहार कोषको रकमबाट ११ वटा बाख्रा उपहार प्रदान गरिएको हो ।
गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र नेपालको सहजीकरणमा गाउँपालिकामा सञ्चालन भएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाअन्तर्गत बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपा पोख्रेलले बताउनुभयो ।
निम्न आयस्रोत भएका किसानको आयआर्जन वृद्धि गर्न मालारानीमा सञ्चालन भएको यो कार्यक्रम प्रभावकारी भएको उपाध्यक्ष पोख्रेलको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष पोख्रेल, वडाध्यक्ष नारायणप्रसाद अर्याललगायतको उपस्थितमा बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका परियोजना संयोजक दिनेश बेल्वासेले बताउनुभयो ।
विभिन्न वडामा यस परियोजनाअन्तर्गत बाख्रा उपहार कार्यक्रम गरिँदै आएको मालारानी कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाका लेखापाल अर्जुन खनालले जानकारी दिनुभयो । निम्न आयस्रोत भएका किसान लक्षित कार्यक्रम हेफर प्रोजेक्ट नेपालको सहयोग मालारानीमा सञ्चालित छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार