३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

सिक्टा सिँचाइः पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न

१७ असार २०८२, मंगलवार १६:१८

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माणसम्पन्न भएको छ ।

बैजनाथ गाउँपालिका–५ मा पर्ने छैटौँ गुरुवागाउँ शाखा नहर निर्माणपश्चात् सोमबार पानी छाडेर परीक्षण गरिएको छ । नहरमा पानी छाडिएपछि किसान हर्षित भएका छन् । रोपाइँको समयमा किसानले पम्पसेट लगाएर धमाधम पानी तानिरहेका छन् । अब यो नहरबाट प्रशाखा र उपशाखा निर्माण भएपछि किसानलाई अझ सहज हुने आयोजनाका निर्देशक राजु आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुल ११ किलोमिटर लामो यो नहरबाट सात हजार ८१ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगी एक लाख जनसङ्ख्या लाभान्वित हुने अनुमान छ । नहरमा पानी छाडिसकेपछि ११ किलोमिटर नहर क्षेत्रको अवलोकनसमेत गरिएको थियो । स्थानीयको माग र सहजताका लागि बस्ती क्षेत्रमा नहर छेउछाउमा तारजाली लगाइएको छभने कतिपय स्थानमा सिँढीसमेत बनाइएको छ ।

भैरव सुभानी जेभी काठमाडौँले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी २०८० चैत १८ गते सम्झौता गरेकामा सम्झौता अवधि अगावै काम सम्पन्न भएको छ । विक्रम संवत् २०८३ चैत १७ गते सम्पन्न गर्नुपर्ने मिति हो । रु ३७ करोड ८२ लाख ८४ हजार ७३५ मा ठेक्का गरिएको आयोजनाका इन्जिनियर विनेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार गुरुवागाउँ शाखा नहरमा हालसम्म ९८ प्रतिशत भौतिक प्रगति भएको छ । अब केही सामान्य ‘फिनिसिङ’को काम मात्र बाँकी छ । बाँकेको बैजनाथ र खजुरा गाउँपालिकामा खेतीयोग्य जमिनलाई सिँचाइ गर्ने लक्ष्यका साथ गुरुवागाउँ शाखा नहर निर्माण गरिएको हो ।

राप्ती सोनारी–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले बाँकेको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।

पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माणसम्पन्न भएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ