२०८२, २७ माघ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय

२०८२, ७ असार शनिबार १७:०७
काठमाडौँ | पुरुष प्रधान हाम्रो समाजमा प्रत्येक योजना तथा भौतिक निर्माणका काममा पुरुषमात्रै सहभागी भइरहेका बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा सञ्चालित एक योजनामा महिलामात्रै सहभागी भएर निर्माण अगाडि बढाएका छन् ।
जिल्लाकै सुदूर उत्तरवर्ती चुरेको काँछमा रहेको बर्दिवास नगरपालिका–११ खयरमारा गाउँमा महिलामात्रै सहभागी भएर योजना सञ्चालन गरिरहेको पाइएको छ ।
महिला पनि पुरुषभन्दा कम छैनन् र महिलाले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरण दिँदै त्यहाँका महिला आफ्नो बस्तीलाई भू–स्खलनबाट जोगाउन पर्खाल निर्माणमा जुटेका छन् ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० लाख ५२ हजार ९२२ रुपैयाँ ३७ पैसाको लागतमा महिलाले खयरमारा गाउँको ‘बाँके खोलादेखि बढुवा खोल्सीसम्मको सडकको दक्षिणपट्टी मेसिनरी वाल निर्माण’ गरिरहेका छन् ।
दुई सय ७० मिटर लम्बाइ र विभिन्न ठाउँमा १६०/१७० सेन्टिमिटर बेसदेखि १९० सेन्टिमिटरको बेस र ७०/८० सेन्टिमिटर ‘टप फिनिस पर्खाल’ निर्माणमा स्थानीय महिला जोरसोरले लागेका छन् ।
यस योजनाको उपभोक्ता समितिमा सात जना महिला नै छन् भने यस योजना निर्माणमा संलग्न डकर्मी, सिकर्मी र कामदार पनि महिला नै रहेका छन् । २७ जना महिलाको समूहमा कोही ढुङ्गा बोक्ने, कोही बालुवा ल्याउने, कोही सिमेन्ट ल्याउने, कोहीले मसला तयार गर्ने र केहीले पर्खाल निर्माणमा मिस्त्री (सिकर्मी, डकर्मी) को काम गरिरहेका छन् ।
योजनाका कोषाध्यक्ष अनुराधा मगरातीले यहाँका पुरुषले पनि यत्रो ठूलो योजना महिला मात्रैले पूरा गर्न सक्दैनन् आफूहरूलाई होच्याइरहेकामा अहिले पूरा गाउँले आफूहरूको सराहना गरेका बताउनुभयो ।
त्यसैगरी, योजनाका सचिव तिला दाहालले यस योजना निर्माणले हामी महिलाको हौसला बढाएको र आफूहरू अब पुरुषसरह नै कुनै पनि योजना पूरा गरेर देश विकासमा टेवा पुर्याउनसक्ने दाबी गर्नुभयो ।
आफ्नो बस्तीको सडक र बस्तीलाई जोगाउन स्थानीय महिलाहरू मात्रै सहभागी भएर गरिरहेका यत्रो ठूलो भौतिक निर्माण सफलता पूर्वक सम्पन्न हुन आँटेको देखेर स्थानीय नेपाली काँग्रेसका नेता पोषण थापाले यस्तो उपभोक्ता समिति र यस्तो काम मधेश प्रदेशमै पहिलो रहेको बताउनुभयो ।
त्यस्तै, बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले खयरमाराका महिलाले गरिरहेको भौतिक निर्माणको प्रशंसा गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष अनिता सुवेदीले पुरुषले सञ्चालन गरेको योजनामा अनियमितता हुने, कामचोरी हुने र तोकिएको काम नहुने बताउँदै आफूहरू महिला मात्रै सहभागी भएर सञ्चालन गरेको यस योजनाले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी पाँच दिनभित्र योजना सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप सिगासमा एक पुरुष मृत फेला यसपटकको फागुन २१ मिति होइन, इतिहास हो: रवि लामिछाने सुनचाँदीको मूल्य बढ्यो मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ