३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मधेश प्रदेश

बस्तीलाई भू–स्खलनबाट जोगाउन महिला सक्रिय

७ असार २०८२, शनिबार १७:०७
काठमाडौँ | पुरुष प्रधान हाम्रो समाजमा प्रत्येक योजना तथा भौतिक निर्माणका काममा पुरुषमात्रै सहभागी भइरहेका बेला महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकामा सञ्चालित एक योजनामा महिलामात्रै सहभागी भएर निर्माण अगाडि बढाएका छन् ।
जिल्लाकै सुदूर उत्तरवर्ती चुरेको काँछमा रहेको बर्दिवास नगरपालिका–११ खयरमारा गाउँमा महिलामात्रै सहभागी भएर योजना सञ्चालन गरिरहेको पाइएको छ ।
महिला पनि पुरुषभन्दा कम छैनन् र महिलाले चाहे जे पनि गर्न सक्छन् भन्ने उदाहरण दिँदै त्यहाँका महिला आफ्नो बस्तीलाई भू–स्खलनबाट जोगाउन पर्खाल निर्माणमा जुटेका छन् ।
मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० लाख ५२ हजार ९२२ रुपैयाँ ३७ पैसाको लागतमा महिलाले खयरमारा गाउँको ‘बाँके खोलादेखि बढुवा खोल्सीसम्मको सडकको दक्षिणपट्टी मेसिनरी वाल निर्माण’ गरिरहेका छन् ।
दुई सय ७० मिटर लम्बाइ र विभिन्न ठाउँमा १६०/१७० सेन्टिमिटर बेसदेखि १९० सेन्टिमिटरको बेस र ७०/८० सेन्टिमिटर ‘टप फिनिस पर्खाल’ निर्माणमा स्थानीय महिला जोरसोरले लागेका छन् ।
यस योजनाको उपभोक्ता समितिमा सात जना महिला नै छन् भने यस योजना निर्माणमा संलग्न डकर्मी, सिकर्मी र कामदार पनि महिला नै रहेका छन् । २७ जना महिलाको समूहमा कोही ढुङ्गा बोक्ने, कोही बालुवा ल्याउने, कोही सिमेन्ट ल्याउने, कोहीले मसला तयार गर्ने र केहीले पर्खाल निर्माणमा मिस्त्री (सिकर्मी, डकर्मी) को काम गरिरहेका छन् ।
योजनाका कोषाध्यक्ष अनुराधा मगरातीले यहाँका पुरुषले पनि यत्रो ठूलो योजना महिला मात्रैले पूरा गर्न सक्दैनन् आफूहरूलाई होच्याइरहेकामा अहिले पूरा गाउँले आफूहरूको सराहना गरेका बताउनुभयो ।
त्यसैगरी, योजनाका सचिव तिला दाहालले यस योजना निर्माणले हामी महिलाको हौसला बढाएको र आफूहरू अब पुरुषसरह नै कुनै पनि योजना पूरा गरेर देश विकासमा टेवा पुर्याउनसक्ने दाबी गर्नुभयो ।
आफ्नो बस्तीको सडक र बस्तीलाई जोगाउन स्थानीय महिलाहरू मात्रै सहभागी भएर गरिरहेका यत्रो ठूलो भौतिक निर्माण सफलता पूर्वक सम्पन्न हुन आँटेको देखेर स्थानीय नेपाली काँग्रेसका नेता पोषण थापाले यस्तो उपभोक्ता समिति र यस्तो काम मधेश प्रदेशमै पहिलो रहेको बताउनुभयो ।
त्यस्तै, बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद क्षेत्रीले खयरमाराका महिलाले गरिरहेको भौतिक निर्माणको प्रशंसा गर्नुभयो ।
उपभोक्ता समितिका अध्यक्ष अनिता सुवेदीले पुरुषले सञ्चालन गरेको योजनामा अनियमितता हुने, कामचोरी हुने र तोकिएको काम नहुने बताउँदै आफूहरू महिला मात्रै सहभागी भएर सञ्चालन गरेको यस योजनाले नमुना काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आगामी पाँच दिनभित्र योजना सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’