२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

गगनकुमार थापाले सरकारले अब मतिले काम गरोस् भन्दै चेतवनी दिए

२०८२, ३ बैशाख बुधबार १५:२३

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसकै साझेदारीमा बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचनालाई निरन्तरता दिइरहेका छन्। बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै थापाले सरकारले अब मतिले काम गरोस् भन्दै चेतवनी दिएका हुन्। उनले जुन उद्देश्यका साथ कांग्रेस-एमालेको गठबन्धन बनेर सरकार निर्माण भयो त्यसको गति सुस्त भएको बताए।

‘कांग्रेस र एमाले सरकार बनेको बेलामा एउटा ठूलो उद्देश्यले बनेको छ। यसपटकको गठबन्धन र सुशासनका लागि बनाइयो,’ उनले भने, ‘जुन अपेक्षाले यात्रा प्रारम्भ गरियो, जुन गतिमा हामी हिँड्नु पर्ने हो भएको छैन। जुन तत्काल हुनुपर्ने निर्णय हुँदैन। जुन नगरे पनि हुन्छ तत्कालै हुन्छ। यो सही भएको छैन।’उनले आफूले सरकार बदल्न नलागी सरकारको काम गर्ने शैली बदल्न चाहेको बताए। ‘हामी सरकार अदल बदल खेलमा लाग्नु हुँदैन। हाम्रो कारणले कहिल्यै पनि सरकार बदलिएको छैन। हामी इमान्दार छौँ,’ उनले भने, ‘हामी सरकारको काम गर्ने शैली बदल्न चाहेका छौँ। सरकारले मतिले काम गरोस्।’

उनले वर्तमान सरकारलाई सफल बनाउने आफ्नो चाहना रहेको पनि बताए। ‘संघको सरकारलाई सफल बनाउन चाहन्छौँ। सफल हुनका लागि हामीले बुझेको कुरा यत्ति हो- हुनुपर्ने अनुरुपको काम भइरहेको छैन। गम्भीर ढंगले पार्टीमा र बाहिर छलफल गर्नुपर्नेछ,’ उनले भने, ‘सरकारमा भएका साथीहरूको विषयमा पनि छलफल गर्नुपर्ने छ।’ त्यस्तै थापाले पछिल्लो ७० वर्षयता कांग्रेस नै यो देशको शक्ति र नायक भएको दाबी गरे। उनले नायक हुँदा हार्न र जोखिम उठाउन तयार हुनुपर्ने भन्दै अहिलेको व्यवस्थामाथि उठेको प्रश्नको जवाफ कांग्रेसले नै दिनुपर्ने बताए।

‘कांग्रेस राष्ट्रको शक्ति हो। मूल शक्ति हो। अभिभावक हो। समस्या आउँछ जुध्ने कांग्रेसको जिम्मेवारी हो,’ उनले भने, ‘६०-७० वर्षदेखि कांग्रेस नायक हो। नायक हार्न जोखिम उठाउन तयार हुनुपर्छ। के हुन्छ भनेर हिसाब किताब गरिराख्ने होइन। आज २०८२ वैशाख ३ गते छलफल गरिरहँदा ०८३ को वैशाख १ गतेलाई सम्झेर काम गर्नुपर्छ।’जनतामा अहिले किन आक्रोश र असन्तोष पैदा भएको छ भनेर कांग्रेसले नै बुझ्नुपर्ने थापाको भनाइ छ। ‘हामी जनताका बीचका शक्ति हौँ। तर असन्तुष्ट छ, आक्रोश छ। किन छ- हामीले बुझ्नुपर्छ। हामीलाई साथ दिनेले, प्रश्न गर्नेले हामीसँगै अपेक्षा गर्छन सम्बोधनका लागि,’ उनले भने, ‘यो व्यवस्था आइसकेपछि अवस्था बदलिन्छ भनिएको थियो त्यो भएन यो बदलिनुपर्छ। गति अघि बढाउनुपर्छ। संविधान आएको अब १० वर्ष हुन्छ। हामीले राम्रोसँग छलफल गरौँ। गणतन्त्र हाम्रो छनोट हो। यसका बारेमा कुनै छलफल र बहस आवश्यक छैन। अलमिलनु हुँदैन।’

उनले विगतमा भएका गठबन्धनले कांग्रेसले राम्रो सन्देश पाइसकेको पनि बताए। चुनाव अघि र पछिको गठबन्धन राम्रो हुन नसकेको भन्दै उनले एकै दलको बहुमत यही व्यवस्थामा ल्याउन सकिन्छ भन्ने गरी जनतालाई बुझाउन आवश्यक रहेको थापा बताउँछन्। ‘कसैसँग गठबन्धनको राम्रो अनुभव छैन। न चुनावअघिको न चुनावपछिको चल्यो’ उनले भने। उनले प्रदेश र संघीयता खर्चिलो भएको भन्नेलाई खर्च कम गर्ने उपायसहित यही व्यवस्था सही छ भन्ने बुझाउन कांग्रेसका नेता लाग्नुपर्ने पनि बताए। कांग्रेसलाई उत्तेजित जनतालाई थप उत्तेजित बनाउने छुट नभएको उनको भनाइ छ। शिक्षकहरूलाई तत्काल कक्षा कोठामा फर्काउने विषयमा सरकारले ध्यान दिन पनि उनले आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु