२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

अवैध हतियारसहित बाराबाट दुई भारतीय नागरिक पक्राउ

२४ बैशाख २०७९, शनिबार ०८:११

वैशाख २४, रौतहट | बारास्थित सिम्रौनगढबाट अवैध हतियारसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सिम्रौनगढ–कचोर्वा सडकखण्डमा चेकजाँचको क्रममा 

सशस्त्र प्रहरीको गस्ती टोलीले हतियारसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्रअन्तर्गत कसवा लौखानका विनोद यादवका २३ बर्षीय छोरा पप्पु यादव र छिमेकी गाउँ भेलवा बजारका २२ वर्षीय अखिलेस सिंह रहेको मधेस प्रदेश सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठाडा मगरले बताएका छन । उनीहरूको साथबाट चाइनिज अटोमेटिक पेस्तोल एक थान, म्यागजिन एक थान त्यसमा लाग्ने गोली दुई थान, घरेलु नलकटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने गोली दुई थान बरामद गरेको डिआईजी मगरले जानकारी दिए । 

बारामा अवैध हतियार कारोबार भइरहेको सूचनाको आधारमा बाहिनीबाट सादा पोसाकमा गएको टोली र झरौखर सीमामा खटिएको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। बिआर१सि १३१६ नम्बरको मोटरसाइकलमा आइरहेको अवस्थामा शनिवार विहान १० बजे सिमौनगढ–कचोर्वा सडकखण्डमा रोकेर चेकजाँच गर्दा उनीहरूले कमर मुनि लुकाएर राखेको अवस्थामा उक्त हतियार बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

मोटरसाइकल र हतियारसहित दुवैजना लाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाएको सशस्त्र प्रहरी बाराले जनाएको छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए बसको ठक्करबाट काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको निधन नेपाल बार निर्वाचनको मतगणना १२ बजेदेखि सुरु हुने देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै रविलाई रूपन्देही अदालत पेस गरिँदै आज मन्त्रिपरिषद् बैठक बस्दै सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ? सांसदसँग रासस संवादः  ‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ सांसद आचार्य यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य आँटेको पु-याइदेउ बागलुङ कालिका… सहज सडकको कारण पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो पत्रकार रजकका परिवारलाई भेटेर देउवाले दोषीलाई सरकारले छाड्दैन भने नेपाली सेनाले चैत २८ गतेदेखि ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना