२५ चैत्र २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै बारामा चक्काजाम

२० जेष्ठ २०७९, शुक्रबार १४:५६

जेठ २०, बारा | बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी राकेशभक्त पौडेलको हत्याको दोषी पत्ता लगाई सार्वजनिक गर्न माग गर्दै स्थानीयले शुक्रबार चक्काजाम गरेका छन् ।

हत्याको २२ दिन बितिसक्दा पनि दोषी पत्ता लगाई सार्वजनिक नगरिएको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडी मुख्य सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषीलाई कडाभन्दा कडा सजायको माग गर्दै स्थानीय गाउँलेहरू स्वतःस्फूर्त सडकमा उत्रिएका हुन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्सा घटनाको २२ दिनपछि आज बिहान भेटिएको छ । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिरको अगाडी सडकको छेउमा मृतकको पर्स भेटिएको हो ।

पर्स देखेपछि स्थानीय कृष्णप्रसाद रिमालले खोलेर हेर्दा मृतक राकेशभक्त पौडेलको फोटो देखेपछि स्थानीय गाउँले र प्रहरीलाई खबर गरिएको उनले बताए । शिव मन्दिरको अगाडि रहेको रिमालको पसल अगाडी उक्त पर्स शुक्रबार बिहान फेला परेको हो । पसल अगाडीको घाँस हँसियाले काटेर सफा गर्ने क्रममा सो पर्स फेला पारेको रिमालले बताए ।

प्रहरीले पर्स भेटिएको ठाउँ सिल गरी पर्सको मुचुल्का उठाएको छ । पर्समा कागज पत्र भेटिएको थियो । गएको वैशाख २९ गते मध्ये रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो ।

पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका जेठा दाजु केदारभक्त पौडेलले बताए । हत्या गरिएको दिन स्थानीय चुनाव भएकाले चुनावी आचारसंहिता लागू गरिएको थियो । चुनावको अघिल्लो रात २९ गते चित्रबहादुरको घरमा जमघट र भोजभतेर भइरहेको थियो । भोजभतेर कै क्रममा पौडेलको हत्या भएको मृतकका जेठा दाजु पौडेलले बताए ।

चित्रबहादुरले माओवादीको तर्फबाट वडा ६ को सदस्य पदको लागि उम्मेदवारी दिएका थिए । तर, उनी चुनावमा पराजित भए । उनलाई नै जिताउन मृतक पौडेलसहित अन्य ११ जना त्यस भोजभतेरमा सहभागी थिए । प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थाले पछि तिनकै बयानको आधारमा थप ५ जनालाई पक्राउ गरेको थियो । त्यस पछि अन्य सात जनालाई पक्राउ गरेको हो ।

यता, आफन्तहरूले मृतक राकेशको पर्स पनि हराइरहेको भनेर प्रहरीमा निवेदन दिएका थिए । हत्या भएको २२औं दिनमा निकै नै चहलपहल रहने उक्त ठाउँमा अचानक राकेशको हराइरहेको पर्स सुरक्षित अवस्थामा फेला पर्नु सुनियोजित भएको मृतकका कान्छा दाजु राजेशभक्त पौडेलले बताए ।

त्यस्तै, मृतककी जेठी भाउजू प्रतिमा पौडेलले भने शिव मन्दिर परिसरमा रहेको चौतारामा दर्जनौं मान्छेहरू दिउँसो भरी बसिरहने गरेका छन् । शिव मन्दिर अगाडी रहेको कृष्णप्रसाद रिमालको पसलमा क्यारेमबोर्ड खेल्ने युवाहरूको पनि निकै नै भीड लागि रहने भए पनि हत्याको २१औं दिनसम्म मृतक राकेशको पर्स फेला नपरेको र हत्या भएको २२औं दिनमा सुनियोजित तवरले उक्त पर्स राखिएको अवस्थामा फेलाको उनले बताइन् ।

उता जीतपुरसिमरा उपमहानगरपालिका-६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल, वडा नम्बर ६ कै युवकहरू संदिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले तलब पाए बसको ठक्करबाट काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको निधन नेपाल बार निर्वाचनको मतगणना १२ बजेदेखि सुरु हुने देशभरका शिक्षक, कर्मचारीहरुले आज कालो मास्क लगाएर मौन जुलुस निकाल्दै रविलाई रूपन्देही अदालत पेस गरिँदै आज मन्त्रिपरिषद् बैठक बस्दै सुनको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ किनबेच ? सांसदसँग रासस संवादः  ‘संविधान संशोधनको लागि सबै दलहरु मिल्नुपर्छ’ सांसद आचार्य यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य आँटेको पु-याइदेउ बागलुङ कालिका… सहज सडकको कारण पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो पत्रकार रजकका परिवारलाई भेटेर देउवाले दोषीलाई सरकारले छाड्दैन भने नेपाली सेनाले चैत २८ गतेदेखि ‘गोरखा जितगढी एकीकरण पदयात्रा’ शुरु गर्दै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ देशका विभिन्न स्थानबाट लागूऔषध सहित २० जना पक्राउ चैत्र १५ गतेको घटनाका दोषीलाई सरकारले कारबाही गर्नुपर्छ : माधव नेपाल कुलमानको पुनर्बहालीको माग गर्दै माइतीघरमा प्रदर्शन भक्तपुरमा बन्दै छ बिस्केट जात्राका लागि रथ शिक्षक पछि चिकित्सक पनि उत्रिए सडकमा काँग्रेसको कार्यक्रममा भारतीय पाहुना