१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सर्लाही - SLH

बेपत्ता बालकको पाँच दिनपछि छिमेकीको सेफ्टी ट्यांकीमा शव फेला, घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिने

२४ चैत्र २०७८, बिहीबार ११:४१

 चैत्र २४, सर्लाही | छिमेकीले हत्या गरेर सेफ्टी ट्यांकीमा लुकाएको अवस्थामा ८ वर्षे बालकको शव फेला परेको छ । पाँच दिनदेखि बेपत्ता मलंगवा नगरपालिका–१२ गम्हरियाका दिपेन्द्र ठाकुरको छोरा ८ वर्षीय मिठू भन्ने आकाश ठाकुरको शव बिहीबार छिमेकीको सेफ्टी ट्यांकीमा फेला परेको प्रहरीले जनाएको हो । गत २० चैत आइतबार राति ८ बजे गाउँमै न्वारनको भोज खान जाँदा आकाश बेपत्ता भएका थिए । सोही राति ११ बजे आकाशका परिवारले उनी बेपत्ता भएको प्रहरीमा जानकारी गराएको प्रहरीले पुष्टि गरेको छ । 

बालक हराएको जानकारी पाएलगतै घटनाको अनुसन्धानमा खटिएको प्रहरी टोलीले छिमेकी जगदिश ठाकुर लगायतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सोही क्रममा बालकको शव लुकाएको ठाउँ पत्ता लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसन्धान अधिकृतले बताए । पक्राउ परेका अभियुक्तले देखाएको स्थानमा सेफ्टी ट्यांकीको ढकन खोलेर हेर्दा बोराभित्र हालेर लुकाएको अवस्थामा बालकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बिहानै सेफ्टी ट्यांकीबाट निकालिएको बालकको शव मुचुल्कासहित पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा मलंगवामा राखिएको छ । बालकको हत्यामा संलग्न भएको आरोपमा जगदिश ठाकुरसहित उनको परिवारका ७ जना सदस्यहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ । प्रारम्भिक अनुसन्धाबाट अभियुक्तहरूले बालकको अपहरण गरेकै दिन हत्या गरेको आशंका गरिएको छ ।  

अभियुक्तहरूले बालकका बुबालाई फोन गरेर फिरौतीसमेत मागेको र पैसा नपाएपछि हत्या गरेको पीडित पारिवारिक स्राेतले बताए पनि यसको पुष्टि भइसकेको छैन । बेपत्ता बालकको खाेजी गरेर उद्धार गर्ने उद्देश्यसहित खटिएकाले घटनाको अन्य पाटोबारे अनुसन्धान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुडाथोकीले बताए । तर, बालककाे शव फेला परेसँगै घटनाबारे थप अनुसन्धान थालिएको उनले बताए । 

"बालकको हत्या गर्नुपर्ने कारण लगायतका बारेमा हामी आनुसन्धान गरिरहेका छौँ," उनले भने, "पहिला त जिउँदो वा मृत जुन अवस्थामा भए पनि जतिसक्तो चाँडो बालक फेला पार्नुपर्‍यो । हामी त्यता लाग्यौँ । आज बालकको शव फेला परेको छ । बाँकी घटनाक्रम पनि थप अनुसन्धानबाट छिटै खुल्छ ।" घटनाको फरक फरक पाटोबाट अनुसन्धान गरिने नायव उपरीक्षक बुडाथोकीको भनाइ छ ।

बिहीबर बिहानै सेफ्टी ट्यांकीबाट बालकको शव निकालेसँगै पुरौ गाउँ शोकमा डुबेको छ । छोराको शव देख्नेबित्तिकै मृतक बालककी आमा महासुन्दर ठाकुर पटकपटक अचेत भइरहेकी आफन्तले जनाएका छन् ।  वैदेशिक रोजगारीका रहेका बालकका बुबा दिपेन्द्र छोरा बेपत्ता भएको खबर पाएपछि दुई दिनअघि मात्र घर आइपुगेका छन् । हत्या गरिएका आकाश दिपेन्द्रका जेठा छोरा हुन् भने उनका १ वर्षका अर्का एक छोरा र दुई छोरी छन् । 


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल