१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सिराहा - SRH

सिरहामा सामुदायीक वनका अध्यक्ष लाखौं मूल्यको अवैध काठसहित पक्राउ

२८ चैत्र २०७८, सोमबार १३:२७

चैत्र २८, सिरहा | सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् ।

तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध काठ लोड गरिएको स१त ३६०७ ट्याक्टरसहित उनी आफैले चलाएर मिर्चैया बजारतिर ल्याइरहेको अवस्थामा सशस्त्र प्रहरी बल मिर्चैया वेसक्याम्पले नियन्त्रणमा लिएको हो ।

काठ अहिलेसम्म नाप जोख नभएकाले कति हो भन्ने एकिन नभएको वन कर्यालयले जनाएको छ ।

पक्राउ परेका पोखरेललाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय लहानलाई बुझाइएको प्रहरीले जनाएको छ ।

डिभिजन वन कर्यालयले पोखरेललाई जिम्मामा लिएको र काठ सुरक्षाका कारण ल्याउन नसकिएकाले अहिले ल्याउने कार्य भइरहेको डिभिन वन कर्यालय प्रमुख गंगाप्रसाद यादवले जानाए ।

पक्राउ परेका पोखरेललाई म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिएको बताइएको छ । उनी नेकपा एमालेका स्थानीय नेतासमेत रहेको पाइएको छ । उनलाई छुटाउन पार्टीका जिल्लाका ठूला नेताहरू लागेको श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल