२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा

२०८०, १२ श्रावण शुक्रबार १०:१९

एजेन्सी | भारतमा एक दम्पत्तिले सोसल मिडियाको नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् । भारतको पश्चिम बंगालमा एक दम्पत्तिले ‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् ।

वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि उनीहरुलाई एउटा राम्रो भिडियो खिच्ने आइफोन चाहिएको थियो । त्यही आइफोनका लागि नै उनीहरुले आफ्नो बच्चा बेचिदिएका हुन् ।

पश्चिम बंगालको उत्तर चौबिस परगना जिल्लामा सो घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार आफ्नै शिशुलाई बिक्री गर्ने पिता जयदेव र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

जयदेव र उनकी पत्नीले बच्चा बिक्री गरेको कुरा लुकाएका थिए तर छिमेकीहरुले लामो समयसम्म बच्चा नदेखेपछि उनीहरुसँग सोधखोज गर्न थाले । तर उनीहरुले प्रष्ट जवाफ नदिने र आनीबानीमा पनि परिवर्तन देखाउन थालेपछि गाउँलेहरुलाई शंका लाग्यो । त्यसपछि केरकार गर्दा उनीहरुले बच्चा बिक्री गरेको खुलासा गरे ।

यसअघि हातमुख जोर्न पनि संघर्ष गरिरहेका जयदेव र उनकी पत्नीले एकाएक आइफोन किनेर पश्चिम बंगालका विभिन्न ठाउँमा पुगी रील्समा भिडियो अपलोड गरेका थिए । त्यसपछि नै गाउँलेहरुलाई शंका लागेको थियो ।

प्रहरीले खारदह भन्ने क्षेत्रमा बस्ने एक महिलाको साथबाट बच्चाको उद्धार गर्न सफल भएको छ । आइफोन किन्ने पैसा दिएर दम्पतीबाट बच्चा खरीद गरेकी ती महिलालाई पनि पुलिसले पक्रिएको छ । जयदेव र उनकी पत्नीले नशालु पदार्थ सेवन गर्ने गरेको र घरमा रहेकी ७ वर्षकी अर्की छोरीलाई पनि बिक्री गर्न चाहेको आरोप छिमेकीहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन