२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

आइफोन किन्न आमा–बाबुले बेचे ८ महिनाको बच्चा

१२ श्रावण २०८०, शुक्रबार १०:१९

एजेन्सी | भारतमा एक दम्पत्तिले सोसल मिडियाको नशाका कारण आफ्नै बच्चालाई बेचेका छन् । भारतको पश्चिम बंगालमा एक दम्पत्तिले ‘फेसबुकको टिकटक’ भनेर चिनिने रील्स प्लाटफर्ममा भिडियो बनाएर हाल्ने नशाका कारण आफ्नै ८ महिनाको शिशुलाई बिक्री गरेका हुन् ।

वास्तवमा रील्समा अपलोड गर्ने भिडियो बनाउनका लागि उनीहरुलाई एउटा राम्रो भिडियो खिच्ने आइफोन चाहिएको थियो । त्यही आइफोनका लागि नै उनीहरुले आफ्नो बच्चा बेचिदिएका हुन् ।

पश्चिम बंगालको उत्तर चौबिस परगना जिल्लामा सो घटना भएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार आफ्नै शिशुलाई बिक्री गर्ने पिता जयदेव र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

जयदेव र उनकी पत्नीले बच्चा बिक्री गरेको कुरा लुकाएका थिए तर छिमेकीहरुले लामो समयसम्म बच्चा नदेखेपछि उनीहरुसँग सोधखोज गर्न थाले । तर उनीहरुले प्रष्ट जवाफ नदिने र आनीबानीमा पनि परिवर्तन देखाउन थालेपछि गाउँलेहरुलाई शंका लाग्यो । त्यसपछि केरकार गर्दा उनीहरुले बच्चा बिक्री गरेको खुलासा गरे ।

यसअघि हातमुख जोर्न पनि संघर्ष गरिरहेका जयदेव र उनकी पत्नीले एकाएक आइफोन किनेर पश्चिम बंगालका विभिन्न ठाउँमा पुगी रील्समा भिडियो अपलोड गरेका थिए । त्यसपछि नै गाउँलेहरुलाई शंका लागेको थियो ।

प्रहरीले खारदह भन्ने क्षेत्रमा बस्ने एक महिलाको साथबाट बच्चाको उद्धार गर्न सफल भएको छ । आइफोन किन्ने पैसा दिएर दम्पतीबाट बच्चा खरीद गरेकी ती महिलालाई पनि पुलिसले पक्रिएको छ । जयदेव र उनकी पत्नीले नशालु पदार्थ सेवन गर्ने गरेको र घरमा रहेकी ७ वर्षकी अर्की छोरीलाई पनि बिक्री गर्न चाहेको आरोप छिमेकीहरुले लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता