३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

फोहोर सङ्कलन गर्ने महिलाले २५० रुपैयाँमा चिट्ठा किनेर जिते १० करोड

१२ श्रावण २०८०, शुक्रबार ११:२०

साउन १२, काठमाडौँ | भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको  चिट्ठा जितेका छन् ।  यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए ।

चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने  बताएका छन् ।

यी महिलाहरू ग्रिन केरला मिसन अन्तर्गत सञ्चालित सरसफाइ अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुनः प्रयोग गर्ने काम गर्छन् ।

यो चिट्ठा बुधवार सार्वजनिक गरिएको हो ।

चिट्ठा जितेकी राधाले भनिन्, ‘ हामीले पैसा जम्मा गरेर चिट्ठाको टिकट किनेका थियौँ । एक अर्कासँग पैसा माग्यौँ । यसअघि पनि धेरै पटक टिकट किनेका थियौँ तर यति ठुलो रकम जितेको यो पहिलो पटक हो । पत्याउनै सकिनँ ।’

समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै चिट्ठा जितेकी शिजाले भनिन्, ‘जोसँग ऋण लिएका थियौँ त्यो तिर्नेछौँ । छोरीहरूको बिहे गर्नु छ । कोही नजिकका आफन्तको उपचार गर्नु छ ।’

चिट्ठा जितेका महिलाहरू निकै मेहनती र परिवारको एक मात्र आम्दानीको स्रोत भएको शिजाले बताइन् ।

एउटी महिलाले भनिन्, ‘यो पैसा के गर्ने, त्यो थाहा छैन । हरेक महिलाको जीवनमा आफ्नै चुनौती छ । हामी जे काम गरिरहेका थियौँ, त्यसैले घर चलिरहेको थियो । हामी यो काम छोड्दैनौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध