२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

अँध्यारोमा प्रेमीलाई भेट्न गाउँभरि लोडसेडिङ गरिदिने प्रेमिका

१५ श्रावण २०८०, सोमबार ०७:५३

एजेन्सी | सधैँ झलमल्ल भइरहने गाउँमा एक्कासि लगातार लोडसेडिङ हुन थाल्यो । बेलुका भयो कि गाउँमा बिजुली छैन । यो देखेर पुरा गाउँले चकित भए । यतिबेला चोरको बिगबिगी बढ्यो । सबैतिर हल्ला खल्ला भयो, आखिर बेलुका भयो कि किन बत्ती जान्छ ? केहीले विद्युत् प्राधिकरणलाई फोन गरे, प्राधिकरणबाट केही समस्या नभएको खबर आयो । केही युवा यसको जरामा पुग्न चाहे । लोडसेडिङ भएपछि के भएको रहेछ भनेर अनुसन्धान गर्न थाले ।  तर केही दिनको अनुसन्धानपछि युवकले सधैँ बत्ती जानुको चुरो कुरा पत्ता लगाए ।

खासमा गाउँकी एक युवतीले राती आफ्ना प्रेमीलाई भेट्नका लागि बिजुली बन्द गर्ने रहिछिन् । यसबारे पत्ता लगाएपछि ती युवकहरूले उनीहरूलाई रंगेहात समात्ने निर्णय गरे ।

घटना बिहारको बेतिया गाउँको हो । प्रीति कुमारी नामकी एक युवतीले आफ्ना प्रेमीलाई भेट्नका लागि पुरा गाउँको बिजुली आपूर्ति बन्द गरिदिन्थिन् । छिमेकी गाउँका युवक राजकुमारसँग प्रीतिको माया बसेको थियो । आफ्नो सम्बन्धलाई गोप्य राख्न प्रीतिले यस्तो तरिका अपनाएकी थिइन् । 

‘प्रीतिले प्रत्येक दिन बिजुली आपूर्ति बन्द गरिदिन्थिन् जसका कारण गाउँमा चोरको बिगबिगी बढेको थियो । हामीलाई ती युवतीले साह्रै दुःख दिइन्,’ एक छिमेकीले इन्डिया टुडेलाई भने ।

यी दुईको एउटा भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ जसमा प्रीतिले आफ्ना प्रेमीलाई स्थानीयबाट जोगाइरहेको देख्न सकिन्छ । आक्रोशित स्थानीयले राजकुमारलाई कुट्ने धम्की दिइरहेका थिए । कोहीले राजकुमारलाई लट्ठीले एक दुई पटक हानेकोसमेत देख्न सकिन्छ । ती व्यक्ति त्यहाँबाट कसैगरी भागे र बदला लिन गाउँका केटाहरूलाई उठाएर ल्याए ।

अन्ततः घटनालाई साम्य पार्न दुई गाउँका स्थानीय बसेर यी जोडीको विवाह गर्ने मिति तोकियो । यी दुईले अब छिट्टै नै एक स्थानीय मन्दिरमा विवाह गर्दै छन् ।

प्रीतिले आफ्नो सम्बन्धलाई गोप्य राख्ने तरिका सायद भारतकै एक इलेक्ट्रिसियनबाट सिकेकी हुन् । भारतमा एक इलेक्ट्रिसियनले आफ्नी प्रेमिकालाई गोप्य तरिकाले भेट्न पूरै गाउँको बिजुली आपूर्ति बन्द गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता