२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

रक्सी माग्दै महिला यात्रुले लफडा गरेपछि जहाजको आकस्मिक अवतरण

२०८०, २२ श्रावण सोमबार ०९:५५

साउन २२, एजेन्सी | एक महिलाले उडिरहेको जहाजमा होहल्ला गरिन् । आफूलाई वाइन दिन माग गर्दै विमान कर्मचारीहरुसँग झगडा गर्न थालिन् । झैझगडा धक्कामुक्का सम्म पुग्यो । अवस्था यति गम्भीर भयो कि पाइलटले जहाज नै डाइभर्ट गरी आकस्मिक अवतरण गराउनुपर्‍यो ।

यो घटना अमेरिकामा भएको हो । अमेरिकाको हस्टनबाट लस एन्जल्सका लागि उडेको युनाइटेड एयरलाइन्सको विमान आकाशमै रहेको बेला एक महिला यात्रु र विमान कर्मचारीबीच झगडा परेको थियो । ती महिला यात्रुले पिउनका लागि वाइन दिन माग गरिरहेकी थिइन् जबकि विमान कर्मचारीले उनलाई आफ्नो सिटमा बस्न अह्राइरहेका थिए । सोही कुरामा उनीहरुबीच विवाद भयो।


ती महिलाको विमान कर्मचारीहरुसँगको विवादले उग्र रुप लिएपछि पाइलटले सो विमानलाई बीचबाटै डाइभर्ट गर्न बाध्य भए । विमानलाई फिनिक्स सहरमा लगेर अवतरण गराए ।

उक्त घटनाको विषयमा युनाइटेड एयरलाइन्सले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘जुलाई २५ मा महिला यात्रुले ह्युस्टनबाट उडान भरेकी थिइन् । उनले विमान कर्मचारीको निर्देशनको पालना गर्न अस्वीकार गरिन् । जसका कारण विमानमा विषम परिस्थिति उत्पन्न भयो । हातपात नै भएपछि लस एन्जल्स जानुपर्ने विमान फिनिक्सतर्फ मोड्नु परेको थियो ।’

सोसल मिडियामा समेत सो घटनाको भिडियो सार्वजनिक भएको छ, ‘जसमा ती महिला यात्रु र विमान कर्मचारीबीच विवाद भैरहेको देखिन्छ । विमान कर्मचारीले उनलाई पटकपटक सिटमा बस्न चेतावनी दिन्छन् तर उनी मानिरहेकी छैनिन् । त्यसैक्रममा केही यात्रुहरुले ती महिलालाई शान्त गराउने कोसिस गर्दछन्, तर उनी अरु यात्रुसँग नै भिड्छिन् ।

ती महिलाले जहाज चढ्नुअघि नै मादक पदार्थ सेवन गरेको एकजना यात्रुले बताएका छन् । जहाज अवतरण भएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई विमान चढ्न अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा