३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

‘स्पाइडर म्यान’ बन्न बालकले खतरनाक माकुरालाई टोक्न लगाएपछि…

२३ श्रावण २०८०, मंगलवार १०:०६

एजेन्सी | एक बालकले ‘स्पाइडर म्यान’ बन्नका लागि खतरनाक माकुरालाई टोक्न लगाएका छन् । बोलिभियाका ८ वर्षका बालकले आफ्नो मन पर्ने सुपरहिरो, स्पाइडर–म्यान बन्नका लागि खतरनाक ब्ल्याक विडो नामको माकुरालाई टोक्न लगाएका हुन् । 

अडिटी सेन्ट्रलका अनुसार घटना मध्य ओलिभियाको भिचुलोमा नगरपालिकाको ओरुरो सहरको हो । नाम नखुलाइएका ती बालकले आफ्नो घर नजिकैको खोलामा खेलिरहेका बेला ब्ल्याक विडो नामको माकुरा देखे । माकुराले टोके परिणाम के होला भन्ने अनुमान नगरीकनै उनले त्यो माकुरालाई समाते र हातमा राखे । माकुराले आफूलाई टोकोस् भनेर उनले यसो गरेका थिए । उनको इच्छा पूरा भयो । त्यसपछि उनी घर फर्किए । घर पुगेपछि उनको शरीर बेस्सरी दुख्न थाल्यो, मांसपेशी बाउँडिन थाले । सुरुमा ती बालकले माकुराले टोकेको कुरा भन्दै भनेनन् तर तीन घण्टासम्म लगातार पीडा भएपछि भने उनले आफूलाई माकुराले टोकेको बताए । 


आत्तिएकी आमाले उनलाई नजिकैको स्वास्थ्य संस्था लगिन् तर उनलाई ओरुरो सहरको अस्पताल जनरल सान जुआन डे डियोसमा रिफर गरियो । माकुराले टोकेको भन्ने जानकारी पाएपछि उक्त अस्पतालका बालरोग विशेषज्ञले ओरुरोको स्वास्थ्य सेवा विभागका जुनोटिक डिजिज प्रोग्रामका प्रमुख अर्नेस्ट भास्क्वेजलाई सम्पर्क गरे । बालकलाई कुन माकुराले टोक्यो भन्ने कुरा उनले अनुसन्धान गरे ।

‘ती बालकले जोखिमको वास्तै नगरी माकुरालाई उठाएर हत्केलाको पछाडि राखे,’ भास्क्वेज इएफई न्युज एजेन्सीलाई भने । ‘हामी सतर्क भयौँ किनभने बच्चाले जुन कारणले माकुरालाई टोक्न लगाएका थिए त्यो साधारण थियो – उनी स्पाइडर म्यान बन्न चाहन्थे ।’

ती बालकका आमाका अनुसार उनको छोरा स्पाइडर म्यानका ठुलो प्रशंसक थिए । तर मार्भेल सुपर हिरोजस्तो बन्न उनले यति जोखिम मोल्छन् भनेर आफूले कहिल्यै नसोचेको उनकी आमाले बताइन् । भाग्यवश, टोक्ने माकुराको प्रजाति पत्ता लाग्यो र डाक्टरले उनलाई उचित एन्टी–भेनम दिए । त्यसपछि बालकको अवस्था ३० मिनेटपछि सामान्य भयो । 

‘शरीरको पछाडिको भागमा रातो रङ हुने यी काला माकुरालाई ब्ल्याक विडोज भनिन्छ । यसले कसैलाई पनि स्पाइडर म्यान बनाउँदैन । यसले त जीवन नै खतरामा पारिदिन्छ,’ भास्क्वेजले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन