२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

वीर्यदौड प्रतियोगिता

३ आश्विन २०८०, बुधबार ११:०७

असोज ३, काठमाडौँ | चीनको एउटा वीर्य बैंकले चिनियाँ विद्यार्थीमाझ ‘वीर्य दौड’ प्रतियोगिताको घोषणा गरेको छ। प्रतियोगितामा विजेता हुनेले ६ हजार १ सय युआन (६ सय ७१ पाउन्ड) रकम पाउने बताइएको छ। विजेता हुन केके मापदण्ड र कस्ता कुरा अध्ययन गरिनेछ भन्नेबारे आयोजकले विस्तारपूर्वक बताएको छ।

ह्युमन स्पर्म बैंक झेंझाउले विच्याट सामाजिक सञ्जालमार्फत गत साता यस्तो घोषणा गरेको हो। ५० दिनभित्र इच्छुकले यसमा सहभागिता जनाउन सक्ने बताइएको छ। विद्यार्थीहरूको वीर्यको गुणस्तर जाँच गर्न, तिनलाई आफ्नो वीर्य भविष्यसम्म सुरक्षित राख्न यो अभियान चलाइएको स्पर्म बैंकले जनाएको छ।


उसो भए वीर्यमा के कुराको ख्याल राखिन्छ त? बेलायती अखबार द डेली टेलिग्राफका अनुसार, वीर्यमा बाक्लोपना, वीर्यको तीव्र गति, वीर्यको सुन्दर संरचना आदि कुराको ख्याल राखिनेछ।

पछिल्लो समय चीनमा पुरुषहरूको वीर्यको गुणस्तर खस्किँदै गएको एउटा अध्ययनले देखाएको छ। उमेर बढ्दै जाँदा वीर्यको गुणस्तर अझ बढी खस्किने हुँदा समयमा नै तिनलाई सुरक्षित राख्न वीर्य बैंकहरूले सर्वसाधारणलाई प्रेरित गर्ने गरेका छन्।

चीनमा भने पुरुषहरूमा बढ्दो तनाव तथा वातावरणीय प्रदूषणका कारण वीर्यको गुणस्तर घट्न थालेको विभिन्न अध्ययनले देखाएका छन्।

चीनमा सन् २०२२ मा जन्मदर १.०९ प्रतिशत थियो। जन्मदर बढाउन चिनियाँ सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको छ। खासगरी बालबालिका हेरचाह। जन्मदर बढाउन आवश्यक नीति तथा बढी बालबालिका जन्माउने पति/पत्नीलाई विशेष सुविधाजस्ता कार्यक्रमहरूमा पछिल्लो समय चिनियाँ सरकारले जोड दिइरहेको छ।

बैंकमा वीर्य जम्मा गराउने सुविधा सरकारले विवाहितहरूलाई मात्र दिएको छ। तर युवाहरूलाई यस प्रतियोगितामा सामेल गराएर झेंझोउ प्रान्तले भने सरकारसँग नयाँ खतरा मोलेको छ।

चीनभरिका वीर्य बैंकले पछिल्लो समय वीर्यदाताहरूको अभाव खेपिरहेका छन्। एक त यस्तो गर्नु चिनियाँ समाजले उति राम्रो मान्दैन, दोस्रोचाहिँ उपयुक्त पात्र तथा दाताहरू फेला परिरहेका छैनन्। यस्तोमा वीर्यदानलाई बहसमा ल्याउन ढिला भएकाले यस्तो प्रतियोगिता गराएको बैंकको हवाला दिँदै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल