२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कानुनमै यस्तो ? महिनामा एकपटक श्रीमती कुट्न पाइने

२०७४, ६ कार्तिक सोमबार १९:४०

|| संसारमा बिचित्र-बिचित्रको कानुनहरु बनेका छन् । कानुन बनाउनुपर्ने आधारहरु पनि छन् । 

यसैबीच नेपालमा श्रीमती कुट्नु अपराध हो भने उनको चाहना बिपरित यौन सम्पर्क गर्नु बलात्कार हो भन्ने सम्मको कानुन छ तर अमेरिका जस्तो देसको अर्कान्सस भन्ने ठाउँमा श्रीमानले हरेक महिनाको एकपटक श्रीमतीलाई कुटपिट गर्न पाउँदछ । हामीले त यस्तै बिचित्रको कानुनको बुदागत रुपमा उल्लेख गरेका छौं तपाइँ पनि यो बिचित्रको सामग्री पढ्न सक्नुहुनेछ ।

विश्वमा बनेका अचम्मको वा कानुनत: स्वीकार गर्नुपर्ने कुराहरु कतिपय केवल किताबका पानामा मात्र पनि सीमित छन् भने केही पालना पनि भइरहेका छन् । संसारका यस्तै अनौठामध्येका केही कानून यस्ता छन्:

१. क्यानडाको अल्बर्टा प्रान्तमा बजारमा किनमेल गर्दा कसम खानु तथा चिच्याउन सख्त प्रतिबन्ध छ । यदि कसैले यस्तो गरेको पाइएमा जरिवाना तिर्नुपर्दछ ।

२. अमेरिकाको फ्लोरिडा राज्यमा आइतबारको दिन कुमारी कन्याले स्काइ डाइभ गर्नु कानूनतः बन्देज छ ।

३. बोलिभियाको राजधानी लापाजमा विवाहित महिलाले दिनमा एक गिलास भन्दा धेरै वाइन पिउन मनाही छ ।

४. इटालीको काप्री टापुमा केटीहरुले चप्पल लगाएर हिँडिरहँदा चप्पल प्याटप्याट गरी पड्काउन अर्थात् आवाज निकाल्न प्रतिबन्ध छ ।

५, अमेरिकाको ओक्लोहामामा मानिसहरु कुकुरको अगाडि आफ्नो मुखाकृति बिगारेर जिस्काउन पाउँदैनन् ।

६. बेलायतको कानूनले गर्भवती महिलालाई यतिधेरै अधिकार दिएको छ कि उनीहरु अप्ठेरो परेको बेला जहाँकहिँ दिशापिसाब गर्न पाउँछन् ।

७. अमेरिकाको अर्कान्ससमा श्रीमानले श्रीमतीलाई महिनाको एकपटक कुटपिट गर्न पाउँदछ ।

८. इटालीको यराक्लीअ सहरको तटीय क्षेत्रमा बालुवाको घर बनाउन प्रतिबन्ध छ ।

९. इटालीको एबोलीमा चलिरहेको कारभित्र चुम्बन गर्न मनाही छ ।

- एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने