२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ल हेर्नुस् – संसारकै ठूलो कुकुर, यसको बारेमा पढ्नुहोस्

२०७४, ९ कार्तिक बिहीबार ०७:२५

एजेन्सीको सहयोगमा | यो संसारकै ठूलो कुकुरको रुपमा गिनिज बुकमै नाम लेखाउन सफल फ्रेडी नामक ५ वर्षे कुकुर हो । विश्वमै सबैभन्दा ठूलो कुकुरको रुपमा रहेको यो कुकुर उभिँदा मान्छेभन्दा अग्लो देखिन्छ । 


बेलायतकी पूर्व फेसन मोडेल क्लेरी स्टोनमेनले नाजुक अवस्थाको देखिने एक कुकुरको छाउरो किनेर ल्याएकि थिइन् । त्यतिखेर यो कुकुरलाई बचाउन पनि मुस्किल जस्तो थियो । कुकुर किन्ने क्लेरी स्टोनमेनले त्यसदिन सोँचेकी पनि थिइनन् की यो कुकुर भविष्यमा संसारकै प्रसिद्ध कुकुर बन्नेछ । तर त्यतिबेलाको सानो छाउरो अहिले संसारकै सबैभन्दा ठूलो कुकुर बनेको छ ।

पाँच वर्षको पालनपोषण पछी अहिले फ्रेडी ७ फिट ६ इन्च लम्बाइको भएको छ । ग्रेट डेन प्रजातिको यो कुकुरले विश्वको सबैभन्दा लामो कुकुरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।

यो कुकुरको तौल ९२ किलोग्राम भन्दा धेरै छ । यो किर्तिमानी कुकुरले पिनट बटर तथा चिकेन खान मन पराउँछ । एकपटकमा धेरै बटर तथा कुखुराको मासु यसले खाने गर्छ । यस कुकुरलाई सामान्य खाना खुवाउँदा पनि वार्षिक खर्च १५ लाख भन्दा धेरै पर्छ ।


कुकुरकै कारण मोडेल क्लेरी पछिल्लो पाँच वर्षदेखि बिबाह नगरी बसेकी छन् । कुकुरबाट टाढा हुनु नपरोस् भनेर आफु कुनै रिलेसनमा नरहेको उनी बताउँछिन् । ४४ वर्षकी क्लेरीले फ्रेडीलार्य कुकुरलाई आफ्नो सन्तानझैँ माया गर्छिन् । साथै उनि कुकुरसँगै एउटै ओछ्यानमा सुत्छिन् ।

उनले कुकुरलाई आफ्नो बच्चाको रुपमा मान्छिन् । उमेर ढल्किँदै गएपछि अहिले क्लेरीले आफ्नो लागि यस्तो पार्टनर खोजिरहेकी छिन् जसले आफ्नो र कुकुर दुबैको केयर गरोस् । अनि पार्टनरकै कारण आफु र फ्रेडीबीचको सम्बन्धमा कुनै समस्या नआओस् ।  – एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने