१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ल हेर्नुस् – संसारकै ठूलो कुकुर, यसको बारेमा पढ्नुहोस्

९ कार्तिक २०७४, बिहीबार ०७:२५

एजेन्सीको सहयोगमा | यो संसारकै ठूलो कुकुरको रुपमा गिनिज बुकमै नाम लेखाउन सफल फ्रेडी नामक ५ वर्षे कुकुर हो । विश्वमै सबैभन्दा ठूलो कुकुरको रुपमा रहेको यो कुकुर उभिँदा मान्छेभन्दा अग्लो देखिन्छ । 


बेलायतकी पूर्व फेसन मोडेल क्लेरी स्टोनमेनले नाजुक अवस्थाको देखिने एक कुकुरको छाउरो किनेर ल्याएकि थिइन् । त्यतिखेर यो कुकुरलाई बचाउन पनि मुस्किल जस्तो थियो । कुकुर किन्ने क्लेरी स्टोनमेनले त्यसदिन सोँचेकी पनि थिइनन् की यो कुकुर भविष्यमा संसारकै प्रसिद्ध कुकुर बन्नेछ । तर त्यतिबेलाको सानो छाउरो अहिले संसारकै सबैभन्दा ठूलो कुकुर बनेको छ ।

पाँच वर्षको पालनपोषण पछी अहिले फ्रेडी ७ फिट ६ इन्च लम्बाइको भएको छ । ग्रेट डेन प्रजातिको यो कुकुरले विश्वको सबैभन्दा लामो कुकुरको रुपमा गिनिज बुकमा नाम लेखाउन सफल भएको छ ।

यो कुकुरको तौल ९२ किलोग्राम भन्दा धेरै छ । यो किर्तिमानी कुकुरले पिनट बटर तथा चिकेन खान मन पराउँछ । एकपटकमा धेरै बटर तथा कुखुराको मासु यसले खाने गर्छ । यस कुकुरलाई सामान्य खाना खुवाउँदा पनि वार्षिक खर्च १५ लाख भन्दा धेरै पर्छ ।


कुकुरकै कारण मोडेल क्लेरी पछिल्लो पाँच वर्षदेखि बिबाह नगरी बसेकी छन् । कुकुरबाट टाढा हुनु नपरोस् भनेर आफु कुनै रिलेसनमा नरहेको उनी बताउँछिन् । ४४ वर्षकी क्लेरीले फ्रेडीलार्य कुकुरलाई आफ्नो सन्तानझैँ माया गर्छिन् । साथै उनि कुकुरसँगै एउटै ओछ्यानमा सुत्छिन् ।

उनले कुकुरलाई आफ्नो बच्चाको रुपमा मान्छिन् । उमेर ढल्किँदै गएपछि अहिले क्लेरीले आफ्नो लागि यस्तो पार्टनर खोजिरहेकी छिन् जसले आफ्नो र कुकुर दुबैको केयर गरोस् । अनि पार्टनरकै कारण आफु र फ्रेडीबीचको सम्बन्धमा कुनै समस्या नआओस् ।  – एजेन्सी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए