२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३७ औँ सन्तानका बाउ बन्ने तयारीमा

१९ कार्तिक २०७४, आईतवार ०६:००

सास | अहिले धेरैलाई एक दुई जना सन्तान हुर्काउन  गाह्रो हुन्छ । तर यहाँ ३६ जना बच्चा पालन पोषण गर्ने मर्द बाउहरु पनि जन्मेका रहेछन् । यी मर्द तीन दर्जनका बाउ बनिसके । अझ केही समयपछि नै थप एक बच्चा पाउनेवाला छन् ।

गुलजार खान नामक एक पुरुष अन्तर्रा्ष्ट्रिय मिडियामा छाइरहने गरेका छन् । पाकिस्तानको इस्लामावादमा बस्ने गुलजारकी तेश्री पत्नी अहिले गर्भवती छिन् । आफ्ना ३६ जना बच्चा भैसकेको अवस्थामा श्रीमती गर्भवती हुँदा गुलजारलाई चिन्ता हुनुपर्ने हो, कसरी पाल्ने यतिधेरै बच्चा ? भनेर । तर उनी निकै खुसी छन् । उनीमात्र होइन, पूरै परिवारले आफ्नो घरमा आउने नयाँ सदस्यको व्यग्र रुपमा प्रतिक्षा गरिरहेको छ ।

गुलजारका तीनवटी पत्नी छन् । उनका ३६ छोराछोरीमध्ये कतिपयको त बिहे भएर नाति नातिना पनि जन्मिसके । आफ्ना छोराछोरी र नातिनातिना सबै गर्दा गुलजारको परिवारमा करीब डेढ सय सदस्य पुगिसकेका छन् ।

गुलजारको त खलक नै खान्दानी परेछ । उनीमात्र होइन उनका भाई मस्तानका पनि ३ पत्नी र २२ जना बच्चा छन् । गुलजार र मस्तान आफ्नो ठूलो परिवार भएकोमा गर्व गर्छन् ।

गुलजारका अनुसार तिनजना पत्नी र यतिधेरै बच्चाबच्ची हुनुको कारण छ ।केही आदिवासी समुदायसँगको रिसिइवीका कारण आफुले ३६ जना बच्चा जन्माउनुपरेको उनी बताउँछन् । आदिवासी समुहसँग नियमित रुपमा झैझगडा गर्नुपर्ने र त्यसमा धेरै बच्चाबच्ची हुनु फाइदाजनक हुने गरेको उनको धारणा छ ।

अल्लाहकै इच्छा अनुरुप आफ्नो यतिधेरै बच्चा जन्मेका हुनाले अल्लाहले सबैलाई रोटीको बन्दोबस्त गर्छन् भन्ने विश्वास उनमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य