२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३७ औँ सन्तानका बाउ बन्ने तयारीमा

२०७४, १९ कार्तिक आईतवार ०६:००

सास | अहिले धेरैलाई एक दुई जना सन्तान हुर्काउन  गाह्रो हुन्छ । तर यहाँ ३६ जना बच्चा पालन पोषण गर्ने मर्द बाउहरु पनि जन्मेका रहेछन् । यी मर्द तीन दर्जनका बाउ बनिसके । अझ केही समयपछि नै थप एक बच्चा पाउनेवाला छन् ।

गुलजार खान नामक एक पुरुष अन्तर्रा्ष्ट्रिय मिडियामा छाइरहने गरेका छन् । पाकिस्तानको इस्लामावादमा बस्ने गुलजारकी तेश्री पत्नी अहिले गर्भवती छिन् । आफ्ना ३६ जना बच्चा भैसकेको अवस्थामा श्रीमती गर्भवती हुँदा गुलजारलाई चिन्ता हुनुपर्ने हो, कसरी पाल्ने यतिधेरै बच्चा ? भनेर । तर उनी निकै खुसी छन् । उनीमात्र होइन, पूरै परिवारले आफ्नो घरमा आउने नयाँ सदस्यको व्यग्र रुपमा प्रतिक्षा गरिरहेको छ ।

गुलजारका तीनवटी पत्नी छन् । उनका ३६ छोराछोरीमध्ये कतिपयको त बिहे भएर नाति नातिना पनि जन्मिसके । आफ्ना छोराछोरी र नातिनातिना सबै गर्दा गुलजारको परिवारमा करीब डेढ सय सदस्य पुगिसकेका छन् ।

गुलजारको त खलक नै खान्दानी परेछ । उनीमात्र होइन उनका भाई मस्तानका पनि ३ पत्नी र २२ जना बच्चा छन् । गुलजार र मस्तान आफ्नो ठूलो परिवार भएकोमा गर्व गर्छन् ।

गुलजारका अनुसार तिनजना पत्नी र यतिधेरै बच्चाबच्ची हुनुको कारण छ ।केही आदिवासी समुदायसँगको रिसिइवीका कारण आफुले ३६ जना बच्चा जन्माउनुपरेको उनी बताउँछन् । आदिवासी समुहसँग नियमित रुपमा झैझगडा गर्नुपर्ने र त्यसमा धेरै बच्चाबच्ची हुनु फाइदाजनक हुने गरेको उनको धारणा छ ।

अल्लाहकै इच्छा अनुरुप आफ्नो यतिधेरै बच्चा जन्मेका हुनाले अल्लाहले सबैलाई रोटीको बन्दोबस्त गर्छन् भन्ने विश्वास उनमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु