२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुम्रपान नगर्ने कर्मचारीलाई ६ दिन विदा !

२०७४, १९ कार्तिक आईतवार ०८:४४

एजेन्सी | चुरोट पिउनु आफैमा स्वास्थ्यको लागि हानिकारक छ । त्यसमा पनि अब जापानको एउटा कम्पनीले भने धुम्रपान नगर्नेलाई एउटा छुट्टै अफर पनि दिने भएको छ  । 

धुम्रपान गर्ने कर्मचारीहरुको कारण कम्पनीको कामलाई समेत प्रभावित गर्छ भन्ने उदाहरण स्वरूप उक्त कम्पनीले गज्जबको योजना ल्याएको हो । 

जापानको एक मार्केटिङ कम्पनी पियाला यिंकमा धुम्रपान गर्ने कर्मचारीलाई कार्यालय समयमा चुरोट पिउन दिइने छुट्टीका कारण धुम्रपान नगर्ने कर्मचारीहरु निकै हैरान भएछन् । सोही कुरालाई विचार गर्दै तथा कर्मचारीलाई धुम्रपानको लत छाड्न प्रेरित गर्नका लागि त्यो कम्पनीले अनौठो नियम लागू गरेको हो । जस अनुसार अबदेखि धुम्रपान नगर्ने कर्मचारीहरुले वर्षमा ६ दिन अतिरिक्त तलबी विदा पाउनेछन् ।

उक्त कम्पनीको कार्यालय एक भवनको २९ औँ तलामा छ । त्यसैले कार्यालय समयमा कर्मचारीहरुलाई चुरोट पिउन दिइएको ब्रेकमा कुनै कर्मचारी चुरोट पिउन भुइँतलाको धुम्रपान कक्षमा झरेर, चुरोट पिइवरी आफ्नो कार्यकक्षमा फर्किनका लागि कम्तिमा पनि १५ मिनेट लाग्दो रहेछ । यस्तोमा कुनै कर्मचारीले दिनमा चुरोट ब्रेक ४ पटक सम्म लियो भने त दिनको एक घण्टा काम नै गर्नुपरेन । यस हिसाबले वर्षमा १५ दिन हुन्छ । चुरोट पिउनेले वर्षमा १५ दिन काम नगरीकन बिताएको कुरालाई ध्यान दिँदै कम्पनीले चुरोट नपिउने कर्मचारीलाई पुरस्कार स्वरुप ६ दिने तलबी विदा दिने निर्णय गरेको बताइएको छ ।

कम्पनीका सिइओका अनुसार यो नियम लागू भएपछि ४ जना कर्मचारीले चुरोट पिउन छाडिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने