२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सायद तपाइँलाई थाहा छैन – भगवान श्रीरामको मृत्यु यसरी भएको थियो

२०७४, १२ मंसिर मंगलवार ११:५३

सास | रामायणका धेरै कुरा गौण छन् । रामायणका मुख्य पात्र श्रीराम जसले रावणको अन्त्य गरेका थिए, तर उनको अन्त्यको बिषयमा धेरैलाई थाहा नहुन पनि सक्छ, त्यसैले आज हामी यस बिषयमा तपाइँलाई जानकारी गराउन गईरहेका छौं ।

श्रीरामले देहत्याग कसरी गरेका थिए ? 

- वाल्मिकीको रामायण अनुसार सिता धर्तिमा समावेस भएपछी पनि श्रीरामले कयौं बर्ष राज्य गरेका थिए । 


- एक दिन श्रीरामसँग काल भेट्न आए । काल श्रीरामसँग कुरा गर्न चाहन्थे । कालले श्रीरामलाई भेटे र भने 'यदी तपाइँ र मबीच भएको वार्तालाप हामी अरु कसैले सुनेमा त्यसलाई रामले मृत्युदण्ड दिनुपर्ने प्रस्ताव राखे ।  तब रामले कालको प्रस्ताव स्वीकार गरे ।  


- त्यसपछि रामले आफ्नो कोठा बाहिर लक्ष्मणलाई द्वारपाल (पाले) राखेर भित्र कालसँग कुरा गरेर बसे। त्यतिकैमा ऋषि दुर्वासा रामलाई भेट्न आए । ढोकामा कुरुवा बसेका लक्ष्मणले ऋषि दुर्वासालाई भित्र जान नमिल्ने भन्दै रोके तर ऋषि दुर्वासा जसरी पनि रामलाई भेट्न पर्ने भन्दै भेट्न नदिए रामलाई श्राप दिने भनेर भाई लक्ष्मणलाई डर देखाए । जीवनभर दाईको सेवा गरेका लक्ष्मणलाई आफ्नो दाईलाई ऋषिको श्राप लागेमा अनर्थ हुने लाग्यो । तव लक्ष्मणले आफैलाई मृत्युदण्ड दिलाउने बिचार गरे अनि भित्र गए । 


- जीवनभर दाईको बचन राखेका लक्ष्मणले पहिलो पटक दाईले दिएको बचन तोडेका थिए । 

- कालसँग भएको प्रस्ताव अनुसार रामले आफ्नै भाईलाई मृत्युदण्ड दिनुपर्ने भयो । तब राम निकै दु:खि भए अनि भाई लक्षमणलाई देश छाडेर जान आग्रह गरे । तर लक्ष्मणले दाईलाई छाडेर कतै जान नसक्ने भन्दै मृत्युदण्ड दिन आग्रह गरे । तब लक्ष्मण सरयू नदी नजिक गए र संसारबाट मुक्त हुने इच्छा लिई आफ्नो दाईले काललाई दिएको दिएको बचन अनुसार आफै नदि भित्र छिरे। यसरी लक्ष्मणको जीवनको अन्त्य भयो र पृथ्वी लोकबाट दोश्रो लोकमा गए । लक्ष्मण सरयू नदीभित्र गए लगत्तै उनि अनन्त शेषको अवतारमा परिवर्तन भई विष्णु लोकमा गए । 


- लक्ष्मण गएपछि श्रीराम पनि भाईको मायाँले पृथ्वीमा बस्न सकेनन् र सरयू नदीको आन्तरिक भूभागसम्म गए । नदीमा श्रीराम अचानक गायब भए । फेरी केहि बेरमा नदीको भित्रबाट भगवान विष्णु प्रकट भए र उनले आफ्नो भक्तको दर्शन दिए । यसरी भगवान श्री रामले पनि आफ्नो मानवीय रूप त्यागेर आफ्नो वास्तविक विष्णु रूप धारण गरेर वैकुन्ठ धामतर्फ प्रस्थान गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने