१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मार्नुअघि श्रीमतीलाई सिन्दुर लगाइदिएर परिवारै सखाप ! सुसाइड नोट लेखेर आत्महत्या

३ पुष २०७४, सोमबार १४:५९

संसारमा दैनिकजसो अचम्म लाग्दा घटनाहरु भईरहन्छन्, यस्तै घटना आज पनि भएको छ । 

भारतको भिलाई स्थित संग्रामचोकमा सोमवार बिहान घरमा एकै परिवारका चार व्यक्तिको सब फेला परेको छ । घटना अनुसार उक्त परिवारको आफ्नै कारण मृत्यु भएको हो ।

घटनाको सनसनीपूर्ण खुलासा अनुसार श्रीमानले पहिले श्रीमतीको सिउँदोमा सिन्दुर लगाईदिए फेरी दुई बच्चा सहित श्रीमतीको समेत हत्या गरे । त्यसपछी आफै झुन्डिएर आत्महत्या गरे । प्रहरीले घटनास्थलबाट तीन पेजको सुसाइड नोट पनि फेला पारेको छ । जसमा श्रीमानले साथ जिउने-मर्ने कुरा उल्लेख गरेका छन् । घटनाको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । 

प्रहरीका अनुसार मृतकको नाम अशोक चक्रवर्ती हो । घटनास्थलबाट सुसाइड नोट फेला परेको छ । जसमा ३५ वर्षीय युवकले साथै बाच्ने र मर्ने उल्लेख गरेका छन् । उनीहरुले करिव ८ बर्ष अघि प्रेम विवाह गरेका थिए ।


घटनाको जानकारी पाएपछी घटना भएको घरको बाहिर मानिसहरुको भीड लागेको थियो । प्रहरी घटनास्थल पुग्दा एकातिर आमाको साथैमा दुई बच्चाहरुको लास थियो भने आत्महत्या गर्ने युवकको लास हुण्डीएको अवस्थामा भेटिएको थियो । श्रीमती र उनको साथमा बच्चाहरु ५ बर्षकी रागिनी र २ बर्षका छोरा सागरको शव ओछ्यानमा भेटिएको थियो । घटना पछी प्रहरीले घटनाको थप छानविन थालेको छ ।


सुसाइड नोटमा के लेखिएको थियो ?

अशोकले आफ्नो श्रीमती र बच्चाको हत्या गरेपछी नाइलनको डोरी मार्फत झुन्डिएका थिए । डायरीको तीन पेजमा उनले सुसाइड नोट पनि लेखे । सुसाइड नोटमा अशोकले श्रीमतिसँग सँगै जिउने र मर्ने बिषय उल्लेख गरेका छन् । 


पहिलो नोट: 'घरको कागजात दराजमा छ, पर्समा केहि पैसा छ, रानीको पैसा ठूलो पर्समा छ, बाबा मलाई माफ गरिदिनु, मैले तपाइको साथ दिन सकिन |'

दोश्रो नोट: 'जिउनु साथ थियो, मर्नु साथ थियो, हामीले मिलेर यो फैसला लिएका हौँ | यसमा कसैको दोष छैन, यसमा कसैलाई दु:ख नदिईयोस् |' 

तेश्रो नोट: 'बाबा, कसैलाई नभन्नुकि म तपाइको प्रिय थिएँ'

घटना रहश्यमय 

मृतकले सुतेको समयमा श्रीमती र बच्चाहरुको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । हत्या हुनु अघि सुतेकी श्रीमतीलाई अशोकले सिन्दुर हालिदिएको प्रहरीले जनाएको छ, त्यसपछी उनले घाटी थिचेर हत्या गरेको अनुमान लगाइएको छ । श्रीमतीको हत्या गर्दैगर्दा बच्चाहरु सुतिरहेको र क्रमश: बच्चाहरुलाई पनि त्यसैगरि घाटी दबाएर मारेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । छिमेकीहरुले घटनाको बिषयमा कुनै संकेत नपाएको र राति अवेरसम्म त्यस घरमा कुनै आवाज नआएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ